कोरोना संक्रमित चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीको स्वास्थ्यमा सुधार

कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि साउन १० गते शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका कार्कीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार अहिले अक्सिजनको सपोट घटाइएको छ भने, उनी हिडँडुलसमेत गर्नसक्ने भएका छन् । दुबै फोक्सोमा देखिएको निमोनियाको दागसमेत निकै कम भइसकेको छ ।

‘उहाँलाई ९० प्रतिशतसम्म अक्सिजन सपोट चाहिएको थियो, अहिले २४ देखि २८ प्रतिशतमात्रै अक्सिजन सपोट चाहिने अवस्था छ,’ ती चिकित्सकले भने ।

 

डा. कार्की अहिले नै आसियुबाट निकाल्न सकिने अवस्था भएपनि त्यहाँबाट निकालेर राख्ने जनरल वार्ड उचित प्रवन्ध नभएका कारण भित्रै राखिएको छ । ‘भित्र राखिरहँदा पनि अन्य बिरामीको क्रस इन्फेक्सनको त्रास हुनसक्छ, बहिर राख्दा पनि उचित केयर नपुगन सक्छ’ ती चिकित्सकले भने ।

डा. कार्कीको उपचारमा डा. सन्तकुमार दास, आइसियु विज्ञ डा. सुवास आचार्य, डा. हेमराज पनेरुलगायतको टीम संलग्न छ । कोरोनाको लक्षण देखिएपछि घरमा आराम गरिरहेका डा. कार्कीलाई ९ गते श्वासप्रश्वासमा समस्या देखिएपछि धरान लगिएको थियो । धरानबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय