उपत्यकामा थप ३१ जनामा कोरोना, संक्रमित संख्या ६ सय नाघ्यो

आइतबार उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा काठमाडौंका ११ जना, ललितपुरका ४ जना , शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको हो।

त्यसैगरी, वीर अस्पताल प्रयोगशालमा काठमाडौंका १ जना, त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशलामा ललितपुरका १ जनामा, नेपाल प्रहरी अस्पतालको प्रयोगशालमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्टार अस्पतालमा ललितपुरका ३ जना र नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  यो सँगै उपत्यकामा ६ सय १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ४ सय ५०, ललितपुरमा १ सय ५ र भक्तपुरमा ५९ जनामा संक्रमण देखिएको हो।  आइतबार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर २० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय