थप २४६ जनामा कोरोना, संक्रमित संख्या २० हजार ३३२ पुग्यो

आइतबार देशभर २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज  २ सय ४६  जनामा कोरोना संक्रमण देखिएको बताए।

यो सँगै नेपालमा २० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।  आइतबार देशभर ५ हजार ६ सय ७२ जना सक्रिय कोरोना संक्रमित रहेको डा. गौतमले बताए। हालसम्म १४ हजार ६ सय ३ जना संक्रमण निको भएका छन्।

आज मात्रै १११ जना कोरोना जितेर घर फर्किएका छन्। कुल संक्रमितमध्ये ७२.१ प्रतिशतले कोरोना जितेको डा गौतमले बताए। आज १० हजार ९ सय ३४ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणको कारणले ५७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय