काेराेना पुष्टि भएका वीरगन्जका मेयर काठमाडाैंमा उपचाररत, परिवारका दुई सदस्यमा संक्रमण

पर्सास्थित वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका परिवारका दुई सदस्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएपछि आफ्नै अपार्टमेन्टमा उपचारत सरावगीका परिवारका सात सदस्यको गत शुक्रबार स्वाब परीक्षण गरिएको थियो।

वीरगन्जस्थित उनका बुबाआमा, श्रीमती, छोराछोरीको स्वाब गत शुक्रबार संकलन गरिएकोमा दुई सदस्यमा कोरोना देखिएको नारायणी अस्पतालले जनाएको छ।

शनिबार रातिकाे परीक्षणमा वीरगन्जका मेयरसँग सम्पर्कमा रहेका ६ जनासहित थप ४५ जनामा कोरोना पुष्टि भएको हा। जसमध्ये चार जना वीरगन्ज महानगरका कर्मचारी छन्।

वीरगन्जबाट काठमाडौं हिँडेका मेयर सरावगीलाई ज्वरो आउनुका साथै घाँटीमा समस्या देखिएपछि काठमाडौं मेडिसीटी अस्पताल पुगेका थिए। उनकाे नियमि

पिसिआर जाँच गर्दा सरावगीमा कोरोना देखिएपछि उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाको पनि स्वाब संकलन गरिएको थियो।

सरावगीका प्रेस सहयोगी गोविन्द देवकोटाका अनुसार मेयर सरावगीको स्वास्थ्य अवस्था सामान्य रहेकाे र नियमित उपचार भइरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय