कोरोना परीक्षणको मापदण्ड परिवर्तन, आपत्कालीन उपचार तथा शल्यक्रियाको लागि नतिजा कुर्न नपर्ने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन १८ गते १२:१८

कोरोना भाइरस (कोभिड १९)को परीक्षणसम्बन्धी सरकारले मापदण्ड परिवर्तन गरेको छ। हालै जारी भएको नयाँ मापदण्ड अनुसार चिकित्सकीय मूल्याङ्कनका आधारमा आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्र्ने भएको छ।

जारी भएको नयाँ परीक्षणको मापदण्डमा संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरु तथा लक्षण (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला) सहितका सबै बिरामीको परीक्षण हुने जनाइएको छ।

चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिनेछ ।

नयाँ परीक्षणको मापदण्डमा सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिस तथा गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई) का बिरामीहरू परीक्षण गर्न जनाइएको छ।  विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू र आइसियुमा रहेका सबै बिरामीहरू नयाँ मापदण्ड अनुसार परीक्षण हुने भएको छ।

यस्तो छ नयाँ परीक्षणको मापदण्ड
१. लक्षण (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला) सहितका सबै बिरामी
२. सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू
३.गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)का बिरामीहरू
४. विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)
५.फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू
६. विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू
७. आइसियुमा रहेका सबै बिरामीहरू
८. दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)
९. चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्ने)
१०. चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड १९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण नतिजा नचाहिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय