काेराेना संक्रमितकाे सम्पर्कमा आएका नेतासहित एक सय १६ जना होम क्वारेन्टाइनमा

कोरोना संक्रमित दुई जनाको सम्पर्कमा आएका झापा बिर्तामोडका नेकपाका केही नेतासहित एक १६ जना होम क्वारेन्टाइनमा बसेका छन्।

झापा बाह्रदशी र इलामका कोरोना संक्रमित केही दिन अघि बिर्तामोडमा आएका थिए। उनीहरूको सम्पर्कमा पुगेका व्यक्तिहरु होम क्वारेन्टाइनमा बसेका हुन्।

कोरोना संक्रमित बाह्रदशी गाउँपालिकाका नेकपा नेता र सोही ठाउँका औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा राखिएको हो।

इलामका संक्रमितको सम्पर्कमा आएका ४८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि हाेम क्वारेन्टाइनमा राखिएको छ।

बाह्रदशीका दुई जना संक्रमितको सम्पर्कमा आएका ६८ जना र इलामका संक्रमितको सम्पर्कमा आएका ४८ जनासहित एक सय ३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

तीन दिन लगाएर सो कन्ट्याक्ट ट्रेसिङ गरिएको र परीक्षणका लागि पठाइएको बिर्तामोडमा नगरपालिकाका फोकल पर्सन याम खड्काले जानकारी दिए। उनीहरूको रिपोर्ट मंगलबार आउने जनाइएको छ।

बाह्रदशी २ घर भएका नेकपाका ती नेता साउनको पहिलो साता बिर्तामोड आएका थिए।उनी नेकपाको पार्टी कार्यालयमा आएका थिए। त्यही बेला उनले नेता-कार्यकर्तालाई भेटेका थिए।

जिल्ला तहका केही पार्टी नेता र उनीहरुले भेटेका अन्य कार्यकर्ताहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको नेकपा झापाका एक नेताले बताए ‘कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआएसम्म सबैलाई घरमै बस्न भनेका छौं’ उनले भने।

इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकसँग सम्पर्कमा आएकालाई पनि कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा राखिएको छ। ती प्रहरी निरीक्षक बिर्तामोडको पूर्वमा रहेको धर्मकाँटा छेउको घरमा बस्दै आएका थिए।

नेकपाका नेताको घरपरिवारको स्वाब संकलन गरिएकाेमा रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै उनीसँगै हिँडेका ७२ वर्षका एक बृद्धसँगै स्वास्थ्यकर्मीको परिवार र स्टाफको रिपोर्ट पनि काेराेना नेगेटिभ आएको छ। उनीहरू अर्को पिसिआर रिपोर्टको पखाईमा छन्।

दुबै संक्रमितको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय