पर्सामा थप ४५ जनामा काेराेना पुष्टि

पर्सा जिल्लामा आइतबार कोरोना भाइरसका ४५ जना संक्रमित थपिएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको स्वाब परीक्षणमा १४ महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्दा ५ वर्षीय बालकदेखि ६२ वर्ष उमेरका ती संख्यामा रहेका व्यक्तिमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा सबै पर्सा जिल्लाका हुन्। जसमा वीरगञ्ज महानगरपालिका-११ श्रीपुरका २० जना, वडा नम्बर ४ विर्ताका १४, वडा नम्बर २५ ड्राइपोर्टका ५ जना र वडा नम्बर ८ का १ जना रहेका छन्।

वीरगञ्ज भगवती टोल, मनियारी र छपकैया पनि एक-एक जनामा कोरोना पुष्टि भएको हो। संक्रमित पुष्टि हुनेमा सखुवाप्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकामा एक-एक जना रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय