वीरगञ्जमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

वीरगञ्जको बयोधा अस्पतालमा उपचारारत एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।

वीरगञ्जको गण्डकस्थित बयोधा अस्पतालको आइसियुमा उपचाररत ६८ वर्षीया ती महिलाको शनिबार साँझ मृत्यु भएको हो।

वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी ६८ वर्षीया ती महिलाको शनिबार साँझ ज्यान गएको नारायणी अस्थाई काेभिड-१९ अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले पुष्टि गरे।

ती महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो।

सिंहका अनुसार बयोधा अस्पतालले ती महिलालाई शनिबार साँझ कोरोना अस्पतालमा रेफर गरेको थियो। तर, अस्पताल नपुग्दै ज्यान गइसकेको थियो।

उनी गत साउन १४ गते बयोधामा भर्ना भएको थिइन्।

शुक्रबार पनि बयोधा अस्पतालमा उपाचारर्थ वीरगन्ज-१६ नगवाकै ५० वर्षीय महिलाको मृत्यु भएको थियो। उनमा पनि कोरोना संक्रमण थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय