पर्सामा ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पर्सामा थप एक संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमण भएकी एक महिलाको मृत्यु भएको हो।

वीरगञ्जको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको हो। वीरगञ्ज- १६ नगावा निवासी ५० वर्षिया ति महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मृतक महिलामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए।

मृतक महिलामा निमोनियाबाट ग्रसित थिइन्। शुक्रबार विहानदेखि उनको स्वासप्रस्वासमा समस्या देखिएको थियो। मृत महिलाको शव हालसम्म गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमै रहेको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ५७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय