लकडाउन खुलेपछि कोरोना संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुल्ला भएपछि कोरोना संक्रमण बढेको जानकारी दिएको छ। मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले लकडाउन भएको र लकडाउनको खुकुलाे भएपछिको तथ्यांकको उल्लेख गर्दै संक्रमण संख्या बढ्दै गएको बताए।

लकडाउन खोल्नु अघि ११ दिनको ४७ हजार ८ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो। जसमा १ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जुन परिक्षण गरिएकोमा संक्रमण दर २.८ प्रतिशत डा. गौतमले भने।

त्यसैगरी, लकडाउन खुकुलो भएको ११ दिनपछि (७–१७) गतेसम्म ५८ हजार १ सय ७४ पिसिआर परीक्षणमा २ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ। ‘जुन संक्रमण दर ३.६ प्रतिशत हो, डा. गौमतमले भने लकडाउन खुलुको गरेपछि ०.८ प्रतिशतले संक्रमण बढेको छ।’

शनिबार देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा २० हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ९३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय