उपत्यकामा ६ सहित थप ३१५ जनामा कोरोना, संक्रमित संख्या २० हजार नाघ्यो

शनिबार देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज  ३ सय १५ जनामा कोरोना संक्रमण देखिएको बताए।

यो सँगै नेपालमा २० हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ९३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। उपत्यकामा आज थप ६ जनामा कोरोना संक्रमीत थपिएका छन।

शनिबार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय कोरोना संक्रमित रहेको डा. गौतमले बताए। हालसम्म १४ हजार ४ सय ९२ जना संक्रमण निको भएका छन्।

आज मात्रै ९३ जना कोरोना जितेर घर फर्किएका छन्।

कुल संक्रमितमध्ये ७२.१ प्रतिशतले कोरोना जितेको डा गौतमले बताए। आज ११ हजार ५ सय ३३ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणको कारणले ५६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय