सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता, एकको उद्धार

डोटी स्थित सेती दनीमा नुहाउन गएका दुई जना स्वास्थयकर्मी बेपत्ता भएका छन्, भने एक जनालाई जिवितै उद्धार गरिएको छ।

वेपत्ता हुनेमा डडेल्धुराको परशुराम नगरपालिका–१ का अन्दाजी २१ वर्षीय हरी प्रसाद जोशी र बझाङको खप्तड छान्ना गाउँपालिका–५ का विनय सिंह रहेका जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ। उनीहरू शनिबार दिउँसो २ बजेर १५ मिनेटमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हराएका दुवैजना डडेलधुरा अस्पतालमा कार्यरत रहेका थिए।

उनीहरू डोटीस्थित शैलेस्वरी मन्दिरको दर्शन गरेर फर्कने क्रममा सेतीमा नुहाउन गएका प्रहरीले जनाएको छ। उनीहरूसँगै नदीमा पौडिखेल्न गएर बगेका कञ्चनपुर घर भएका खगेन्द्र कुँवरलाई भने जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण सिंह बोहराले बताए।

प्रहरी निरीक्षक बोहराका अनुसार शैलेश्वरी दर्शन गरेर फर्केका उनीहरू डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउन गएका थिए।
बेपत्ता भएका दुबै जनाको खोजी भइरहेको उनले बताए।

सेतीमा पानीको बहाव बढी भएको र पानी धमिलो भएका कारण खोजिकार्य गर्न समस्या भएको प्रहरी निरीक्षक बोहराले बताए। हराएका स्वास्थ्य कर्मीको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय तल्कोट, इप्रका गोबघाट बाट पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय