उपत्यका भित्रिने सबैको अनिवार्य ज्वरो जाँचिने

सरकारले अब उपत्यका भित्रिने सबैको ज्वरो मापन गरेर मात्र प्रवेश गर्न दिने भएको छ। उपत्यका भित्रिने मानिसमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सो नीति लिइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

उपत्यका छिर्ने तीन नाकामा हेल्थ डेक्सको स्थापनाको तयारी भइरहेको उनले बताए। हाल दैनिक नागढुंगाबाट ३ हजार, फर्पिङबाट ३ सय, साँगाबाट १२ सयको हाराहारीमा मानिस उपत्यका भित्रिने गरेको तथ्यांक छ।

‘हेल्थ डेक्स स्थापनाका लागि तयारी भइरहेको छ,’ डा.अधिकारीले भने, ‘तयार भएपछि उपत्यका भित्रिने सबैको अनिवार्य रूपमा स्वास्थ्य जाँच हुन्छ।’

उपत्यका भित्रिने १० हजार २ सय ५ जनाको नमुना संकलन गर्दा ३ हजार ७ सय १३ जनाको नमुना परीक्षण भएको थियो । त्यसमा २५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ आएको थियो।
बाँकीको रिपोर्ट केही दिनभित्रमै आउने मन्त्रालयले जनाएको छ।

तीन नाकाबाट आएका केही मानिसको नमुना परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भयो,’ डा. अधिकारीले भने, ‘रोगग्रस्त ठाउँबाट आएका मानिसले उपत्यकामा थप जोखिम भित्र्याउँदै छन्।’

उपत्यकामा जोखिम बढ्दै गएपछि सरकारले बेलुका ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यक सेवाबाहेक अन्य व्यक्ति वा यातायात प्रवेशमा रोक लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय