सभामुखका सुरक्षामा खटिएका प्रहरीलाई कोरोना

सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षामा खटिने एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनमा कोरोना देखिएपछि शुक्रबार सभामुखको सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

सुभामुखको सचिवालय स्रोतका अनुसार कोरोना देखिएका सुरक्षाकर्मी सभामुख सापकोटाको अगाडि लाग्ने अगुवा गाडीमा सवार हुन्थे।

साउन ६ गतेसम्म ड्युटीमा आएका उनको प्रहरी हेडक्वार्टरमा परीक्षण गर्दा कोरोना परीक्षण देखिएको थियो। सचिवालय स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेपछि ड्युटीमा आएका छैनन्।

तै पनि त्यसअघि सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण हुनेसक्ने आशंकामा सचिवालयमा खटिएका सबैको स्वाब संकलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय