उपत्यकामा ३८ सहित थप २ सय २४ जनामा कोरोना संक्रमण
देशभर आज २ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ३८ संक्रमित थपिएका छन्। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ। १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा १ सय ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ३ सय ९९ पुगेको छ । अझै सक्रिए संक्रमित ५ हजार ३ सय १६ रहेका छन्।