‘सर्वसाधारणकै लापरवाहीले बढ्यो जोखिम’

साउन १६–टेकु अस्पतालको गेट बाहिरदेखि लम्बेतान लाइन छ। यस्तो भीडभाड सुरु भएको ५ महिना भन्दा बढी समय भइसक्यो । कोरोनाको निशुल्क परीक्षणको लागि दैनिक १ हजार २ सयभन्दा बढी सर्वसाधरण अस्पताल पुग्छन्। तर, मुस्कीलले ३ सयको मात्र पिसिआर परीक्षण हुन्छ। बाँकी ९ सय मानिस परीक्षण विनै नै घर फर्किछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १० हजारभन्दा बढी मानिसको परीक्षण गर्न क्षमता रहेको दाबी गरेपपनि दैनिक ४ हजारभन्दा बढीको परीक्षण दायारा बढाउन सकेको छैन। यसैबीच केहिदिनदेखि कोरोनाको संक्रमित संख्या मृत्युदर पनि बढिरहेको छ। तर, पनि परीक्षणको दायरा बढाउन ठोस काम सुरु भएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सर्वसाधारणको लापरवाहीले संक्रमण बढेको बताए ।

‘सर्वसाधारण चिउँडोमा मास्क लगाएर हिँड्ने गरेका छन्। कोरोनाबाट बच्ने कुनै सावधानी अपनाउँदैनन्, उनले भने,‘ अनि संक्रमित संख्या नबढेर के बढ्छ त ?’
तर विज्ञहरुले भने, कोरोना नियन्त्रण गर्ने रणनीति फेरबदलमै त्रुटी औल्याइरहेका छन् ।

‘सर्वसाधारणले २ सयको मास्क किनेर लगाउदैनन्, अनि के सरकारले ५ हजार ५ सयको परीक्षण निःशुल्क गरिदिनु पर्ने ?’ उनले प्रश्न गरे।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन ६ साउन रातिबाट हटाएको थियो । तर, केहिदिन यता कोरोनाको संक्रमण बढ्दै गएको छ।

पछिल्लो एक महिनामा संक्रमितको संख्या दैनिक  १ सयको हाराहारीमा सीमिति थियो।

विगत ३ दिनको तथ्यांकलाई हेर्दा परीक्षणको संख्या बढ्दा संक्रमित बढ्दै गएको छ।

गत मंगलबार ५ हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ११ जनामा पोजेटिभ आएको थियो। बुधबार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा २१० र बिहिबार ६ हजार ३ सय ४ को पिसिआर परीक्षण हुँदा २७४ जनामा संक्रमण पुष्टि भएको छ ।

३ दिनको बीचमा कोरोना संक्रमणको कारणले दजनौं मानिसहरु भेन्टिलेटर तथा आइसियुमा पुगेका छन्।

डा. गौतमले भने सरकारको आम्दानी बढाउनको लागि लकडाउन खोल्नु परेको बताउँछन् । कोरोना संक्रमण ५ बर्षसम्म कायम रहँला, राज्य चल्नु पर्दैन, कहिलेसम्म लकडाउन बढाउने? डा. गौतमले भने।

सरकारको काम प्रति मिडिया, केहि जनस्वास्थ्य विज्ञ, सरकारको प्रतिपक्ष दल प्रायोजित रुपमा लागिपरेको उनको भनाई छ।

‘कोरोना संक्रमणको परीक्षण गर्न पैसा चाहिछ, अर्थतन्त्र नै बन्द गरेपछि कहाँबाट पैसा आउँछ ? केले परिक्षण गर्ने, परीक्षण गर्न पैसा चाहिँदैन ?’ उनले प्रतिप्रश्न गरे।

हाल संक्रमित संख्या बढेको मन्त्रालयका प्रवक्ता डा. गौतम अस्वीकार गरे । एक महिना अगाडी कोरोना संक्रमणको दर परीक्षण गरेकाहरुमा संक्रमण दर ८ देखि १० प्रतिशत रहेको तर, हाल २ देखि ४ प्रतिशतमा सीमित रहेको उनले बताए ।

‘संक्रमण दर बढेको कुरा म मान्दिन । गएको महिना भन्दा अहिलकोे संक्रमण दर एक तिहाई कम छ।’ उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय