लकडाउन अन्त्यपछि काठमाडौंमा मास्क नलगाई हिड्ने २ लाख जना पक्राउ, राति काठमाडौं प्रवेश रोक

साउन १६- लकडाउन अन्त्यपछि सरकारले आह्वान गरेअनुसार मास्क लगाएर हिड्न इन्कार गर्ने २ लाख ८ हजारलाई प्रहरी पक्राउ गरेको छ ।

गृह मन्नत्रालयका अनुसार यसअवधिमा झण्डै त्यतिकै संख्यामा मानिसहरुलाई सम्झाएर छाडिएको छ भने केहीलाई मास्क दिएर छाडिएको छ ।

गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशमा यात्रुहरूलाई कडाइ गरेको छ।

उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरूमा कोरोना संक्रमण पाइएपछि उपत्यका प्रवेशमा कडाइ गरिएको गृह मन्त्रालयले जनाएको छ।

अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानीबाहेक बिहीबारबाट साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा आवागमन बन्द गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको उक्त निर्णय कार्यान्वयन गर्न सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृहका सूचना अधिकृत उमाकान्त अधिकारीले बताए।

किन गरियो कडाइ?
गृह मन्त्रालयका अनुसार अहिले उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गर्दा दैनिक ५० जनासम्म कोरोना संक्रमित भेटिन थालेका छन्। लकडाउन खुलेपछि स्वास्थ्य मन्त्रालयले भक्तपुर र नागढुंगामा स्वाब संकलन गर्न थालेको थियो।

‘दिउँसोको समयमा त स्वास्थ्य परीक्षण भइरहेको छ, तर राति(राति आउने मान्छेको परीक्षण भइरहेको छैन, यो गरेर साध्य पनि छैन,’ अधिकारीले भने, ‘त्यही भएर रातको समयमा प्रवेशमै रोक लगाइएको हो।’

यो निर्णय नगर्ने हो भने उपत्यकामा संक्रमण भयावह हुनसक्ने आँकलन गृहको छ। ‘अहिले स्वास्थ्यबाट दैनिक पचास जनासम्म बाहिरबाट आएका मान्छेमा कोरोना संक्रमण देखिएको रिपोर्ट आउने गरेको छ,’ अधिकारीले भने।

पछिल्लो समय लकडाउन खोले पनि सामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजर प्रयोग, भिडभाड नगर्ने सर्तहरू पालना गर्न भनिएको थियो।

तर, यो पालना नभएपछि उपत्यकालगायत देशभर संक्रमणदर बढ्न थालेको गृहको निष्कर्ष छ।

लकडाउन खुलेयता गृहले मास्क नलगाउनेलाई कारबाही गर्न निर्देशन दिएको थियो। सो निर्देशनपछि दुई लाख ८ हजार जना पक्राउ परेका छन्। एक लाख ८० हजारलाई सम्झाएर पठाइएको छ।

१६ हजारलाई मास्क दिएर पठाइएको छ भने ९ हजारलाई जरिवाना गरिएको छ। यो संख्या आएपछि मास्क नलगाउनेको संख्या उल्लेख्य रहेको गृहको बुझाइ छ।

प्रवेश गर्ने व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरिसाध्य छैन। यसकारण उपत्यका असुरक्षित रहेको गृहको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय