जोखिमभत्ता माग गर्दा स्वास्थ्यकर्मी प्रकाउ
कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणमा खटिदैँ आएका स्वास्थ्यकर्मीले जोखिम भत्ता माग गर्दा प्रकाउ परेका छन।
विरगन्ज महानगरपालिका अन्र्तगत रहेको ३० जना स्वास्थ्यकर्मीलाई प्रहरीले प्रकाउ गरेको नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वल कुमार शर्माले जानकारी दिए।
जोखिम भत्ताको माग गरिरहेको अवस्थामा स्वास्थ्यकर्मीलाई पिसिआर परीक्षण नै नगरी कोरोना पोजेटिभ भएको भन्दै गलत आरोप लगाई प्रहरीले घडपकड गरी नियन्त्रणमा लिएको युनियनले विज्ञप्ती मार्फत जानकारी दिएको छ।
महानगरापलिकाले देखाएको क्रुर र अमानवीय कदम प्रति युनियनले विरोध जनाएको छ।
अन्यायमा परेका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउनु पर्ने र गलत आरोप लगाई प्रकाउ परेका स्वास्थ्यकर्मी तुरुन्तै रिहाई हुनुपर्ने युनियनको माग रहेको छ।