नेपालगन्जका युवाको माग- एक घर एक पिसिआर

नेपालगन्जका जागरुक युवाहरूले कोरोना परीक्षणको दायरा बढाउनु पर्ने माग राख्दै सचेतनामुलक प्रदर्शन गरेका छन्। स्थानीय धम्बोझी चोकमा जम्मा भएका युवाहरूले विभिन्न प्लेकार्डसहित २० मिनेट प्रदर्शन गरेका हुन्।

‘एक घर एक पिसिआर, खोई सरकार?’,‘कोरोना विरुद्धको लडाई जुटेर हैन, एक अर्काबाट छुट्टिएर लडौँ’, ‘एक घर, एकजना पिसिआर टेष्ट गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूले कोरोना बिरुद्धको लडाईमा साथ दिन सबैलाई आग्रह गरेका छन्।

नेपालगन्जमा समुदायस्तरमा नै कोरोना फैलिदा समेत हेलचेक्राई कायम रहेको र पिसिआर टेष्टको दायरा पनि नबढेकाले दवाव स्वरुप सचेतनामुलक प्रदर्शन गरिएको नेपालगन्ज ग्यालरीका संचालक तथा सञ्चारकर्मी समिरमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सामाजिक दूरी कायम राखेरै शान्तिपूर्ण प्रदर्शन गरिएको थियो।

नेपालगन्जमा मिठाई पसलदेखि सरकारी कार्यालयहरूमा काम गर्नेहरूमा कोरोना संक्रमण भेटिएपछि समुदायमा कोरोना फैलिएको आशंका गर्दै नेपालगञ्जका युवा तथा स्थानीय बुद्धिजिवीहरूले समेत एक घर एक परिक्षणको निति बनाएर परिक्षण गर्न माग गरेका छन्।

संक्रमितहरू घट्दै गएपछि बाँके जिल्लालाई कोरोना सुन्य बनाउने अभियानमा स्वास्थ्य कार्यालय जुटिरहेकै बेला एक्कासी नेपालगञ्जमा क्वारेन्टाइनमा नबसेका समुदायमा रहेका २७ जनामा संक्रमण देखिएपछि स्थानीयमा सन्त्रास फैलिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय