कोरोनाबाट श्रीमानको मृत्यु, श्रीमति अस्पताल भर्ना

मोरङ सुनवर्षी- ८ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। उनी कोरोनाबाट ज्यान गुमाएका एक व्यक्तिकी श्रीमति हुन्।

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताका अनुसार उनीसहित मृतको सम्पर्कमा रहेका व्यक्तिहरूको कोरोना जाँच गरिएको थियो। जसमा परिवारका सदस्यहरूमध्ये उनमा मात्र पोजेटिभ देखिएको छ।

मृतक दुई हप्ताअघि भारतबाट आएका थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार धरानस्थित विपी प्रतिष्ठानमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको तीन घन्टामै उनको मृत्यु भएको थियो।

विपी प्रतिष्ठानमा ल्याउनुभन्दा अघि उनलाई विराटनगरको कोसी कोभिड अस्पतालमा लगिएको थियो। त्यहाँ भेन्टिलेटर नभएपछि थप उपचारका लागि धरान पुर्‍याइएकोमा उनको स्वासप्रश्वासमा जटिल समस्या देखिएको चिकित्सकले जानकारी दिएका छन्।

संक्रमित देखिएकी मृतककी श्रीमतिलाई भने मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको छ।

भारतसँग सीमा जोडिएको हुँदा सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ लाई उच्च संक्रमण क्षेत्रका रुपमा सील गरिएको छ। वडाध्यक्ष नुरुल मियाका अनुसार उक्त वडामा १३ सय ७३ घर धुरी रहेका छन्।

वडा भित्रका १३ सय ४ जना शंकास्पद व्यक्तिलाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ। यसअघि ८ सय ७ जनालाई क्वारेन्टाइनमा राखि स्वास्थ्य परीक्षण गरेर घर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय