राजश्व कार्यालय नेपालगन्जका ११ सहित २७ जनामा कोरोना संक्रमण

नेपालगन्जमा कोरोना सं‌क्रमितको संख्या पुनः तिब्र रुपले बढ्दै गएको छ। पछिल्लो पटक नेपालगन्जमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये नेपालगन्जस्थित राजश्व कार्यालयका ११ जना कर्मचारी रहेका छन्। भेरी अस्पताल नेपालगन्जले जानकारी दिए अनुसार राजश्व कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारी मध्ये बाँके जिल्लाका ४ जना, सुर्खेतका २ जना, प्युठानका १, बर्दियाका १, अर्घाखाँचीका १, कन्चनपुरका १ र सर्लाहीका १ जना गरि जम्मा ११ जनामा कोरोना संक्रमण भएको हो।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका थप १६ जना स्थानीयमा पनि संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १०, ११, १३ र १९ का ५ जना महिलाहरूसहित ११ जना पुरुषहरूमा संक्रमण भएको छ। भेरीमै गरिएको परीक्षणमा बर्दियाका ७ र दाङका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय