इटहरी उपमहानगरमा आकस्मिक बाहेकका सेवा बन्द

इटहरी उपमहानगरपालिकामा कार्यरत एक इन्जिनियरमा कोरोना स‌ंक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ।

आज बसेको जिल्ला कोरोना व्यवस्थापन तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य सेवा, अनिवार्य चाहिने अन्यकेहि सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन्।

उनकाअनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब स‌ं‌कलनलाई तीव्रता दिइने छ भने नगरपालिका भित्रका कर्मचारीको कोरोना परीक्षण गरिने छ। त्यस्तै हरेक वडाका उच्च जोखिम रहेका क्षेत्रमा मास स्याम्पल कलेक्सन गरिने छ भने त्यसका लागि आवश्यक भिटिएम खरिद गर्ने निर्णय गरिएको छ।

पिपिईको तत्काल आवश्यक भएको भन्दै प्रदेश सरकारसँग १ सय थान पिपिई माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

इटहरी क्षेत्रबाहिरबाट आउने तरकारीलाई तत्काल रोक लगाउने बैठकको निर्णय छ। त्यस्तै इटहरी बजार बाहिरबाट आउने विद्युतीय रिक्सालाई प्रवेश नदिइने, कोशी र पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीमा भिड गर्न नदिने, तत्काल दैनीक तथा साप्ताहिक हाट बन्द गर्ने बैठकको निर्णय छ।

बजार क्षेत्रका पसललाई सिमित समय दिएर चलाउन अनुमती प्रदान गरिएको छ। जस अनुरुप विहान ९ बजेदेखि दिउँसो २ बजेमात्र पसल खोज्न पाइने छ भने त्यसका लागि आवश्यक स्वास्थ्य सचेतना लागु गर्नुपर्नेछ।

मानिसको जनजीवन नै प्रभावित हुनेगरि बन्द गर्दा थप समस्या देखिने भन्दै प्रशासनले स्वास्थ्य सजकता अपनाई दैनिकी चलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय