थप ९ प्रहरीमा कोरोना संक्रमण, उपचारका लागि अस्पताल लगियाे

नेपाल प्रहरीका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।

बुधबार देखिएका २५ जनाको कन्ट्याक्ट ट्रेसिङबाट थप ९ जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए।

यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ। संक्रमितहरूलाई उपचारका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल लगिएको कडायतले बताए।

सुरूमा प्रहरीका चालक, मेसमा कार्यरत् कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय