झापामा मास्क नलगाए एक सय जरिवाना

झापामा मास्क नलगाई घर बाहिर निस्किए एक सय जरीवाना तिर्नु पर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा बुधबार बसेको बैठकले मास्क नलगाई हिड्नेलाई जरीवाना गर्ने निर्णय गरेको हो।

मास्क नलगाई एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने र मास्क नलगाई भेला हुने व्यक्तिहरूलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय  भएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।

संक्रामक रोग ऐन २०२० को दफा–३ बमोजिम घर बाहिर मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न र जरीवाना गर्ने निर्णयको कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिइएको सहायक प्रजिअ राईले बताए।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकले संक्रमण जोखिम बढ्दै गएको ठहर गरेको छ।

यस्तो अवस्थामा मास्कको प्रयोग नगर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने, न्यूनतम सामाजिक दूरी कायम नगर्ने, अनावश्यक भिडभाड गर्ने प्रवृत्तिमा बृद्धि भएकाले  जरिवाना गर्ने निर्णय गर्नु परेको जनाइएको छ।

बैठकले झापबाट अर्को जिल्ला जानका लागि जिल्ला  अनिवार्य सवारी पास लिएर मात्र सवारी चलाउन  निर्देशन दिएको छ।  अर्को जिल्लाबाट झापा आउन पनि पास अनिवार्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय