बाँकेमा थप ६ जनाले जिते कोरोना

हेल्थपाेस्ट/नेपालगन्ज
प्रकाशित
२०७७ साउन १४ गते २१:१६

बाँकेका थप ६ जनाले कोरोना संक्रमण जितेका छन्। कोरोनाबाट मुक्त भएर आज बेलुकी ६ जना घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट खजुरा ८ का एक महिला, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट खजुरा २ का एक पुरुष, ३ का एक पुरुष, ८ का दुई पुरुष र नेपालगन्ज २१ का एक पुरुष गरी ६ जना डिस्चार्ज भइ घर गएका हुन्।

योसँगै कोरोना मुक्त भई घर जानेको संख्या ३ सय ७९ पुगेको छ। अब विभिन्न आइसोलेसनमा २६ (जुम्ला र प्युठानका १/१) जना संक्रमितको उपचार भई रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ। त्यसैगरी, जिल्ला बाहिर घर भई बाँकेमा कार्यरत (जुम्लाका एक र प्युठानका एक गरी) २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। यो समेत बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या ४ सय ७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय