कोरोनाबाट दुईको मृत्यु, पर्सामा मृतक संख्या १० पुग्यो

पर्सामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेशनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो।

वीरगञ्जस्थित नारायणी अस्थाई कोरोना गण्डक अस्पतालमा भर्ना भई विगत ६ दिनदेखि उपचार क्रममा बुधबार मृत्यु भएको हो।

एडभान्स मेडिकेयर होस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्वासमा समस्या देखिएपछि  स्वाब संकलन गर्दा कोरोना देखिएको थियो।

६ दिनदेखि कोरोना अस्पतालमा उपचार गराइ रहेका वीरगन्ज महानगरपालिका–७ रेशमकोठीका ६८ वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो। यससँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय