डाक्टर अस्मिताका ५५ दिन, जो कोरोनाविरुद्ध गाउँमा खटिन्

न स्वास्थ्य सेवाको लामो अनुभव थियो, न त महामारीमा काम गरेको।

स्वास्थ्य सेवामा भर्खरै पाइला टेकेकी थिइन्।

तर विश्वभर त्रास फैलाएको कोरोनाको संक्रमण नेपालमा पनि फैलियो।

कोरोना रोकथाम तथा उपचारमा खटिनुपर्ने भो।

महामारीका कसरी काम गर्ने?

तर, जिम्मेवारीबाट पन्छिन मिलेन।

र, उनी स्वास्थ्य सेवामा प्रवेश गरेको तीन महिनामै कोरोना रोकथामका लागि खटिइन्।

उनी हुन् डा. अस्मिता भट्टराई।

सुर्खेत प्रादेशिक अस्पतालमा मेडिकल अफिसर रहेकी भट्टराईलाई अब कसरी काम गर्ने अलमल प¥यो, आँट गरिन।

महामारीसँग जुध्न सरसल्लाह गरिन्।

‘स्वास्थ्य क्षेत्रमा लागेको धेरै नभए पनि महामारीको बेला सर्वसाधारणको सेवा गर्ने मौका त पाए नै,’ डा. भट्टराईले भनिन्, ‘गाउँ र सहरको स्वास्थ्यउपचारको अन्तर थाहा पाएँ।’

गत फागुनमा सुर्खेत प्रादेशिक अस्पतालबाट सेवा सुरु गरेकी अस्मितालाई वैशाख २९ गते चिङगाड गाउँपालिका स्वास्थ्य प्रमुखको रुपमा काजमा खटाइयो।

अस्मिताले ५५ दिन गाउँपालिकाको अवलचिङ स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हालिन्।

अस्मितालाई महामारीमा काम गर्न सुरुमा समस्या भए पनि जोखिम उठाइन्।

गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा कार्यरत ११ जनाको प्रमुख भएर नेतृत्व सम्हालिन्।

‘स्वास्थ्य केन्द्रको प्रमुख भए पनि काम गरेको अनुभव नभएकाले सुरुमा धेरै समस्या भोगें,’ डा. भट्टराइले भनिन्, ‘सबैको साथ सहयोगले काम गर्न सहज भयो। त्यहाँ काम गरेको हुँ भन्दा खुसी लाग्छ।’

यसअघि कहिल्यै विकट क्षेत्र नयाँ अनुभव त बटुलिन नै गाउँका दुःख समेत नापेर आइन।

गाउँमा आकस्मिक (इर्मेजेन्सी), बहिरंग (ओपिडी), आइसोलेसन र क्वारेन्टाइन सबैतिर हेर्दा सुरुमा गाह्रो भएको थियो, उनलाई।
उनले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिन।

‘पहिलो पटक विकट गाउँ गएकी रमाइलो होला सोचेकी थिए, तर गाउँमा न औषधी न डाक्टर, पीडा धेरै रहेछन्। खल्लो लागेर आयो,’ उनी भन्छिन्।

गाउँमा डाक्टरको दरबन्दी छ तर डाक्टर छैन। डाक्टर नहुँदा सर्वसाधारणले खेपिरहेको सास्ती प्रत्यक्ष देखेकी छिन् उनले।

‘गरिब दिनदुखी तथा किसानले गाउँमा डाक्टर नहँुदा ससाना कुराका लागि सहर धाउनुपर्ने बाध्यता छ। अझ सहरमा महंगो उपचार खर्च कसरी धानुन्। ‘डाक्टर नहुँदा नहुँदा उपचार नै नपाउने अवस्था छ,’ गाउँका स्थानीयको गुनासो यसरी सुनाइन भट्टराईले।

गाउँपालिका पुगे लगत्तै उनले औषधी, उपकरण जोहो गर्नेदेखि सम्भावित कोरोना जोखिमलाई मध्येनजर गरी आइसोलेसन निर्माणको पहलमा तल्लिन भइन्।

उनी त्यहाँ जाँदा गाउँपालिकामा क्वारेन्टाइन मात्रै थिए। भट्टराईले ओपीडी, इमर्जेन्सी र क्वारेन्टाइनको निगरानीदेखि आइसोलेसन निर्माणको काम गरिन्।

गाउँमा डाक्टर नहुँदाको दुःख देखेर मन पिरोलेको छ, उनको।

वैशाख २९ गते चिङगाड गाउँपालिका पुगेकी उनी ५५ दिनपछि फेरि सुर्खेत प्रादेशिक अस्पताल फर्किएकी छिन्।

आमाबुवा सुरुवाती दिनमा छोरीको काम देखेर जोखिम हुनसक्ने भन्दै डराएका थिए। तर, अहिले हौसला दिइरहेका छन्, जसबाट उनमा आत्मबल बढेको छ।

भट्टराईले आमाबुवालाई नभेटेको दुई महिना भइसक्यो। घर नजिकै छ, तर फोनमा बातचित गरेर चित्त बुझाउछिन्।

‘डिउटी नभएको बेला र क्वारेन्टाइनमा बस्दा फेसबुक म्यासेन्जरबाट कुरा गरेर आमा बाको न्यास्रो मेटाउछ,ु’ अस्मिताले भनिन्।
सुर्खेत अस्पतालमा उनीभन्दा सिनियर अरू स्टाफ भएकाले पनि भट्टराईलाई काम गर्न सहज भएको छ।

आइसोलेसन सेन्टरमा ७ जना कर्मचारी छन्। पालैपालो डिउटी गर्छन्।

महिनाको १४ दिन ३ जनाले ड्युटी गर्छन् बाँकी दिन अरूले।

सिफ्ट सकिएपछि क्वारेन्टाइनमा बस्छन्। उनीहरूको पनि पिसिआर परीक्षण हुन्छ। र, फेरि बिरामीको सेवाका लागि आइसोलेसन सेन्टरमा खटिन्छन्।

भट्टराई आफू रहरले स्वास्थ्य क्षेत्रमा आएकाले सेवामा कुनै गुनासो नभए पनि सर्वसाधारणको दुःख देख्दा मन दुख्ने गरेको बताउँछिन्।

कोरोना संक्रमण भएर अस्पताल पुगेका बिरामी उपचारपछि घर फर्किएका औधी खुसी लाग्छ, भट्राईलाई। सोच्छिन्–कर्तव्य पूरा भयो।
मास्क, हातको पन्जा लगायत व्यक्तिगत सुरक्षा उपकरण अनिवार्य प्रयोग गर्छिन्।

गाउँपालिकाका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमित राखिएको आइसोलेसन हेर्ने जिम्मेवारी पनि लिइन् उनले।

भट्टराईले आइसोलेसनमा रहेकाको हेरचाह मात्रै गरिनन् औसला दिलाउने काम समेत गरिरहिन्। मनोबल बढाउन आग्रह गरिरहिन्।

संक्रमितलाई उनी चिन्ता नलिन भनी ढाडस दिन्थिन्। संक्रमण देखिएका दुई जना स्वास्थ्यकर्मीलाई १४ दिन आइसोलेसनमा राखेर कोरोना नेगेटिभ देखियो। १ जनालाई सुर्खेत प्रादेशिक अस्पालमा रिफर गर्नुप¥यो।

उनका लागि ती ५५ दिन फरक र नौला थिए। उनले जिन्दगीभरको लागि नयाँ अनुभव संगालेकी छिन्।

विकट गाउँका दुःखपीडालाई नजिकबाट नियालेकी छिन्।

जिम्मेवारी र कर्तव्यका बारेमा थाहा पाइन्।

‘५५ दिनले मलाई नेतृत्व लिने, निर्णय लिने, सहकार्य गर्ने,व्यवस्थापन गर्ने र चुनौतिको सामना गर्न सिकायो। ती दिन मेरो लागि निकै महत्वपूर्ण रहे,’ उनी भन्छिन्, ‘अहिले आत्मविश्वास बढ्नुका साथै काम गर्न सहज भइरहेको छ।’

अहिले लकडाउन खुलेको भए पनि कोरोनाको जोखिम कायमै रहेको उनी बताउछिन्।

उनी भन्छिन्,‘कोरोना संक्रमणको जोखिम कम भएर लकडाउन खोलिएको हैन, सबैले सुरक्षा अपनाऔं आफू पनि बचाऔं अरुलाई पनि बचाऔं।’

सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी अस्मिताले ९ कक्षासम्म सुर्खेतमै पढिन्।

काठमाडौंको मैतिदेवीमा रहेको न्यू समिट हायर सेकेण्डरी स्कुलबाट ०६६ मा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिन्।

०६८ मा गोल्डेन गेट कलेजबाट प्लस टु उत्तीर्ण गरेकी उनले काठमाडौं विश्वविद्यालयबाट एमबिबिएसका लागि प्रवेशका परीक्षा दिइन्।

प्रवेश परीक्षामा उत्र्तीण भए पनि उनी ०७० मा नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस पढ्न थालिन्।

५ वर्षमा एमबिबिएस र इन्टनसिप सकेकी उनले नेपालगन्ज मेडिकल कलेजबाटै ०७६ कात्तिकबाट सेवा थालिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय