कोरोना संक्रमित उपचार गर्ने अस्पताललाई प्रतिव्यक्ति २ सय देखि १५ हजारसम्म

सरकारले कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई प्रति दिन–प्रति व्यक्तिको दरले २ सय देखि १५ हजार सम्म दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको जोखिमको आधारमा सरकारले अनुदान उपलब्ध गराउने बताए।
लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीको लागि घरमा स्वास्थ्यकर्मीले निगरानी गर्दा लाग्ने खर्च प्रतिदिन खर्च २ सय दरले वितरण हुने मन्त्रालयले जनाएको छ।

लक्षण नभएका वा समान्य लक्षण भएका आइसोलेसन केन्द्रमा बस्ने बिरामीहरु संस्थलाई २ हजार, सामान्य लक्षण भएका र ६० वर्षभन्दा माथि भएका नागरिक, दीर्धरोगी, तथा अन्य स्वास्थ्य समस्या ३ हजार ५ सय उपलब्ध हुने डा. गौतमले बताए।

त्यसैगरी, मध्यम जटिल संक्रमितको उपचार गर्न अस्पताललाई ७ हजार र जटिल र क्रिटिकल बिरामी उपचार गर्न अस्पतालको लागि १५ हजार दिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय