प्रदेश २ को सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण

जनकपुर । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका कर्मचारीमा पनि कोरोना संकमण पुष्टी भएको छ।

कोरोना रोकथाम र नियन्त्रणको मुख्य जिम्मेवारी बोकेको सामाजिक विकास मन्त्रालयका स्टोरकिपरसहित सामाजिक विकासमन्त्री नवलकिशोर साहका चालक र खाना पकाउने कार्यालय सहयोगीमा बुधबार संक्रमण पुष्टि भएको छ। मन्त्रालयका २२ जना कर्मचारीको स्वाब परीक्षण भएकोमा तीनजनामा कोरोना पोजिटिभ पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना पुष्टि भएपछि मधेस भवनभित्र सन्त्रासको वातावरण उत्पन्न भएको छ।

यसैगरी बुधबार धनुषामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ६,७, ९, १० का एक/एकजना र गोपालधर्मशालास्थित क्वारेन्टाइनका ३ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

यसैगरी महोत्तरीमा १३, सप्तरीमा १, सर्लाही १ र पर्सामा ३४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय