कपिलवस्तु अस्पतालका मेसु डा. बन्जाडे अस्पताल छोडेर क्लिनकमा

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ साउन १४ गते १६:०७

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडे अस्पताल छाडेर क्लिनिकमा बिरामी चेकजाँच गरेको अवस्थामा भेटिएका छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँ टोलमा रहेको बुद्ध पोली क्लिनिकमा बुधबार बिरामी चेकजाँच गरेको अवस्थामा उनी भेटिएका हुन्।

संचारकर्मीहरू क्लिनिकमा ११:३० बजे पुग्दा मेसु डा. बन्जाडेले बिरामी चेकजाँच गरिरहेका थिए। सञ्चारकर्मीले मन्त्रालयले पत्राचार गरेको अवस्थामा चेक जाँच गर्न मिल्छ त भन्ने जिज्ञासामा उनले आफू २ दिन विदामा रहेको बताएका छन्। तर, उनको विदा कहि कतैबाट स्वीकृत गरेको अवस्था भने छैन।

अस्पताल प्रशासनले मौखिक रुपमा विदा बस्ने भनेको भए पनि कागजात नभएको जनाएको छ। जिल्लाका अस्पतालहरूले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्स्थय निर्देशनालयबाट लिनुपर्ने प्रावधान छ।

तर, प्रदेश ५ को स्वास्थ्य निर्देशनालयबाट उनले विदा लिएको देखिएको छैन्। स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले लुम्बिनी प्रादेशिक अस्पताल बाहेक अरु अस्पतालबाट विदा लिएको आफूलाई जानकारी नभएको बताए।

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सक (डाक्टर)हरुको लागि नयाँ परिपत्र गरेको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले साउन १२ गते जारीगरेको परिपत्र अनुसार सरकारी स्केलमा तलब खाईरहेका चिकित्सकहरुले अब आफ्नो नीजि क्लिीनक तथा अस्पतालहरुमा काम गर्न नपाउने उल्लेख छ।

मन्त्रालयको परिपत्र अनुसार ‘सरकारी स्वाथ्य संस्थामा कार्यरत चिकित्सक, स्वाथ्यकर्मी एक स्वाथ्य संस्थामा रहने, एक चिकित्सक र स्वाथ्यकर्मीः एक स्वाथ्य संस्थाको अवधारणालाई सबै सरकारी स्वाथ्य संस्थामा क्रमसः लागू गरिने भनी लिइएको स्वाथ्य नीति २०७६ अनुसार परिपत्र जारी गरिएको उल्लेख गरिएको छ।

जस अनुसार स्वाथ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरु (विभाग, केन्द्र, महाशाखा, परिषद्, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानिय तहमा सञ्चालनमा रहेका अस्पताल, स्वाथ्य संस्थामा समेत संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेबारीमा रहेका सबैले निजी प्राक्टिक नगर्ने र यदि यसभन्दा अगाडी नीजि प्राटिक्स गर्नु पूर्व स्वीकृत लिएको भए सो स्वीकृत स्वतः खारेज हुने उल्लेख गरिएको छ।

One thought on “कपिलवस्तु अस्पतालका मेसु डा. बन्जाडे अस्पताल छोडेर क्लिनकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय