संक्रमणस्थल मात्रै सिल नगरी अस्पतालै सिलबन्दी जायज हो ?

डेनिस कार्की
प्रकाशित
२०७७ साउन १४ गते १३:५८

हाल विश्व नै कोभिड–१९ को महामारीमा जकडिरहेको र लडिरहेको यस विषम परिस्थितिमा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन।

चार महिनायता १८ हजारभन्दा बढी कोभिड–१९ बाट संक्रमित बिरामी देखा पर्दा आजको मितिसम्म १२ हजार ५ सयभन्दा बढीले यस रोगबाट छुट्कारा पाइसकेका छन् भने ४९ जनाले ज्यान गुमाउनुपरेको अत्यन्त दुःखद अवस्था पनि हामीसामु छ।

सम्पूर्ण कोभिड–१९ का बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालसम्म ज्यान गुमाएकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

यसै सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरमा पनि कोभिड–१९ को संक्रमण केही दिनदेखि समुदायस्तरमा नै देखा परिरहेको हामीले बुझेका छौं।

यसै परिपे्रक्ष्यमा यस विराटनगर अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की जो २५ वर्षभन्दा बढी समयदेखि स्वास्थ्य पेशामा आबद्ध रही पूर्वाञ्चलको स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा अहोरात्र रूपमा खटिरहेको एउटा दक्ष चिकित्सक र सफल अस्पताल सञ्चालक दुवै हुनुहुन्छ।

यो कोभिड–१९ को महामारी सुरु भएदेखि नै आफ्नो सहर र कार्यक्षेत्र नछोडी आफ्ना १ हजारभन्दा बढी कर्मचारी (चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी) लाई साथमा लिई उनीहरूको मनोबल उच्च राखी दैनिक ७००÷८०० को संख्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै गराउँदै आउनुभएको अवस्थामा हाल उहाँमा समेत

कोभिड–१९ को संक्रमण पोजेटिभ देखिएको छ। उहाँ स्वयं अस्पताल भर्ना भई उपचार गराइरहनुभएको छ।

बिडम्बनापूर्वक भन्नुपर्ने अवस्था आएको छ, हाल अस्पतालमा कार्यरत कर्मचारी र बिरामीको कन्ट्रयाक्ट टे«सिङ गरी उनीहरूको एकातिर परीक्षणसमेत गरिरहेको अवस्थामा अर्कोतिर अस्पतालको संक्रमित स्थल वा ठाउँलाई सिल नगरी सम्पूर्ण अस्पताल नै सिलबन्दी गरिएको छ। के यो जायज हो ?

यस अस्पतालमा दैनिक देशका विभिन्न भेगबाट आउने स्वास्थ्य उपचारका लागि आउने बिरामीले विश्वसनीय, भरपर्दो र गुणस्तरीय उपचार सेवा नपाउँदा भोलि कोभिड–१९ भन्दा विकराल अवस्था नआउन भन्न सकिन्न। आज यो अस्पतालमा कोराना देखा पर्यो भन्दै अस्पताल पूर्ण रूपमा सिल गरियो र भोलि देशभरका अस्पतालमा कोभिड–१९ का संक्रमित फेला परे के सबै अस्पताल बन्द गर्ने त? प्रश्न अब हामी सबै माथि तेर्सिएको छ।

अस्पतालमा सामान्यदेखि गम्भीर अवस्थामासम्म उपचारार्थ रहेका बिरामीमा भय र त्रास पैदा हुने वातावरण सिर्जनागरी सम्पूर्ण उपचार प्रक्रिया नै अवरुद्ध पार्ने यस प्रकारको कार्य निन्दनीय र मानव अधिकारको खिलाप रहेको हाम्रो बुझाइ छ।

विश्वका सम्भ्रान्त भनिएका देशहरू र त्यहाँका ठूला–ठूला अस्पतालसमेत आज यस महामारीविरुद्ध लड्न र आफ्ना नागरिकलाई जोगाउन यथोचित उपचार सेवा दिन नसकी रहेको अवस्थामा र विश्वभर नै चिकित्सक र स्वास्थ्यकर्मीको आवश्यक जनशक्ति, उपचारका उपकरण पर्याप्त मात्रामा नभइरहेको अवस्थामा हाम्रो जस्तो सानो देशमा एउटा सुविधासम्पन्न अस्पताल पूर्ण रूपमा बन्द हुनु के यो व्यक्तिगत नोक्सानी मात्र हो?

के यो माहामारी एउटा अस्पताल वा एउटा कार्यालयमा मात्र सीमित रहन्छ? के यसबाट अरू अस्पताल र अन्य ठाउँहरू सुरक्षित छन्? अस्पताल बन्द अरू सबै खुल्ला? आमनागरिक र सरोकारवालाहरूले बुझ्ने र बोल्ने बेला आएको छ।

कोभिड–१९ को पोजेटिभ देखियो भन्दैमा अन्य विभिन्न प्रकारका रोग लागेका बिरामीको उपचार सेवा नै बन्द गरेर बिरामीको मृत्यु हुनेसम्मको अवस्थाको सिर्जना गर्नु मानव अधिकारको हनन हुनु र त्यसको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुनु हैन र?

यस अस्पतालमा दैनिक देशका विभिन्न भेगबाट आउने स्वास्थ्य उपचारका लागि आउने बिरामीले विश्वसनीय, भरपर्दो र गुणस्तरीय उपचार सेवा नपाउँदा भोलि कोभिड–१९ भन्दा विकराल अवस्था नआउन भन्न सकिन्न। आज यो अस्पतालमा कोराना देखा पर्यो भन्दै अस्पताल पूर्ण रूपमा सिल गरियो र भोलि देशभरका अस्पतालमा कोभिड–१९ का संक्रमित फेला परे के सबै अस्पताल बन्द गर्ने त? प्रश्न अब हामी सबै माथि तेर्सिएको छ।

कोभिड–१९ संक्रमित फेला परे उनीहरूलाई आइसोलेसनमा राख्ने उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक्ट टे«सिङ गरेर आवश्यक सुरक्षा व्यवस्था अपनाउनु, मिलाउनु नै विधिसम्मत उपाय होइन र? सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छौं।

तसर्थ अहिलेको कोभिड–१९ को सकसपूर्ण अवस्था मध्यनजर राखी सम्पूर्ण सुरक्षाका उपायहरू अवलम्बन गरी तत्काल अस्पताल सञ्चालनको वातावरण सिर्जना गरी दिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं।

अन्त्यमा यस अस्पताल यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीको काम गर्ने अधिकारलाई सुरक्षित गर्दै र आमजनताको स्वास्थ्य उपचार पाउने नैसर्गिक अधिकार सुनिश्चित गर्दै जुनसुकै परिस्थितिमा पनि गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी गराउँदछौं। हामीप्रति देखाउनुभएको सदासयता, विश्वास र माया आगामी दिनहरूमा पनि रहने छ भन्नेमा पूर्ण विश्वस्त रहेका छौं।

(अस्पतालका उपाध्यक्ष रहेका कार्कीले साउन १२ मा जारी गरेको सार्वजनिक प्रेसनोटमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय