कपिलवस्तुको शिवराज नगरपालिकामा शिक्षक र वडा सचिवमा काेराेना

हेल्थपोस्ट नेपाल

कपिलवस्तुको शिवराज नगरपालिकामा १३ जना नयाँ संक्रमित फेला परेका छन्।

त्यसरी समुदाय स्तरमा फेला परेका संक्रमितमा २ जना शिक्षक, १ जना वडा सचिव समेत हुन्।

वडा सचिवले केही दिनदेखि जेष्ठ नागरिकको कार्ड नवीकरण गर्नमा सरिक भएको हुँदा कन्ट्याक ट्ेसिङ गर्ने तयारी गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए।

वडा सचिव नै संक्रमित देखिएपछि वडा कार्यालयको हललाई क्वारेन्टाइन बनाइएको छ। वडा कार्यालयका ५ जना कर्मचारीहरुलाइ उक्त क्वारेन्टाइनमा राखिएको नगरपालिकाले उनले बताए।

२१ जना संक्रमित भने भारतसहित तेस्रो मुलुकबाट आउनेहरु हुन्।

जसमध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारदेखि आएका थिए।

उनीहरु क्वारेन्टाइनमा थिए। संक्रमितहरुलाइ पालिकाले व्यवस्थापन गरिरहेको आइसोलेसन सेन्टरमा पठाइएको छ।

समुदायस्तमा संक्रमितहरुको संख्या बृद्धि भएपनि नगरपालिकाले अर्को सूचना नहुदासम्मका लागि समुदाय र विद्यालयमा संचालन भएको बैकल्पिक सिकाइ सहजीकरणको कार्यक्रमलाई बन्द गरिएको नगरपालिकाका शिक्षा प्रमुख लोकराज पन्थीले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *