चिकित्सक संघ चुनावमा दुईपक्षीय भिडन्त, डा. खड्का र गौतमको अध्यक्षमा उम्मेदवारी
सरकारी चिकित्सक संघ नेपाल (गोदान) को चौथो कार्यकालका लागि अन्तिम नामावली प्रकाशित भएको छ। संघको साउन २४ गते हुन लागेको पूर्वनिर्धारित निर्वाचनको कार्यक्रम समय तालिका अनुसार अन्तिम नामावली प्रकाशित भएको हो।
अध्यक्षको लागि डा. रविन खड्का र डा. समाज गौतमको उम्मेदवारी परेको छ। डा. खड्का राजनीतिक रुपमा नेकपा र डा. गौतम काग्रेंस निकट मानिएका छन्।
अध्यक्षको उम्मेवारी दार्ता गराएका डा. दिपक थापामगरले उम्मेदवारी फिर्ता लिएका छन्।
महासचिवको लागि डा. कार्तिपाल सुवेदी र डा. विजय कुमार साहबीच प्रतिस्पार्धा हुनेछ। त्यसैगरी, वरिष्ठ उपाध्यक्षको लागि डा. विजय थापा र डा. राम प्रसाद सापकोटाले उम्मेवारी दिएका छन भने उपाध्यक्षको लागि डा. विप्लव घिमिरे र डा सुशील मोहन भट्टराई बीच लडाई हुने छ।
सचिवको लागि डा. विश्वनाथ अधिकारी र डा. रोसन भगत र कोषाध्यक्ष पदमा डा. झुमा सिलवाल र डा. सुधा साहीको उम्मेवारी तय भएको छ। सदस्यमा डा. अर्चना केसी, डा. ईश्वरी खनाल, डा. कपिल गौतम,डा. किरण पाण्डेय, डा. कुशल खनाल, डा. गौरव साहको अन्तिम नामावली प्रकाशित भएको छ।
त्यसैगरी, डा. प्रकास भट्टराई, बिजय कुमार मेहता , डा. विजय गुरुङ, डा हेमा जोशी, डा. सचिन यादव, डा. सरद चन्द्र बराल, डा. सुसन भट्टराई, डा. सौगात पौडेल र डा. शेष राज घिमिरे रहेका छन्।
नेपालमा चिकित्सकहरूको संगठनमा अनलाइनमा प्रविधिबाट पहिलो पटक निर्वाचन हुन लागेको हो। चुनावको मिति तय भएसँगै चिकित्सकमाझ चटारो पर्न गएको छ। चुनावी माहोलसँगै संगठनमा सदस्यता फैलिने क्रम बढ्दो रहेको छ।
चुनावी माहोलभन्दा अगाडी संघमा ५ सयको हाराहारीमा सदस्यता रहेको थियो। हाल २ भन्दा बढी सदस्यता बढ्न गई ७ सयभन्दाले सदस्यता लिइरहेको संघले जनाएको छ।