उपत्यका भित्रिने तीन नाकाबाट ४ हजार ८१३ नमुना संकलन, रिर्पोट आउन बाँकी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ कि छैन यकिन गर्नको लागि काठमाडौं छिर्ने मुख्य तीन नाकामा स्वाब संकलन गर्न थालेको छ।

मंगलबार दिउँसो ४ बजेसम्म ४ हजार ८ सय १३ जनाको नुमना संकलन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।  उनका अनुसार फर्पिङ नाकामा ९ सय ५३, थानकोट नाकामा २ हजार ९सय १४ र साँगा नाकामा ९ सय ४४ जनाको नमुना संकलन भएको छ।

नाकाबाट भित्रिने १० हजार भन्दा बढीको नुमना परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ।  मगंलबार देशभर ३१२ जनामा कोरोना संक्रमण देखिएको छ। आज पुष्टि भएका सँगै नेपालमा १९ हजार ६३ जनामा संक्रमण देखिएको छ।

हालसम्म १३ हजार ८ सय ७५ जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय २१ जना कोरोना जितेर घर फर्किएका छन्। कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए।

मंगलबार १५ हजार ३ सय ३१ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणको कारणले ४९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय