उपत्यकामा ५३ सहित थप ३ सय ११ जनामा कोरोना, संक्रमित संख्या १९ हजार नाघ्यो

मंगलबार देशभर ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको बताए।

यो सँगै नेपालमा १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।  उपत्यकामा आज थप ५३ जनामा कोरोना संक्रमीत थपिएका छन्।

मंगलबार देशभर ५ हजार १ सय २९ जना आइसोलेसनमा रहेको डा. गौतमले बताए।हालसम्म १३ हजार ८ सय ७५ जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय २१ जना कोरोना जितेर घर फर्किएका छन्।

कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए। मंगलबार १५ हजार ३ सय ३१ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना संक्रमणको कारणले ४९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय