कर्मचारीमा कोरोना देखिएपछि जगदम्बा उद्योग सिल

वीररगन्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजमा कार्यरत कमर्चारीमा कोराना भाइरसको संक्रमण देखेपछि उद्योग नै सिल भएको छ।

उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योग सिल गरी सो क्षेत्रमा आवतजावतमा समेत रोक लगाइएको बताए।

साउन ६ गते जगदम्बामा इन्टरप्राइजेजका सीइओमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कन्ट्याक्ट ट्रेसिङमा परेका ९ जनाको स्वाब संकलन गरेर सोमबार राति परिक्षण गर्दा ४८, ५६ र २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योगभित्रै वा अन्य स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गतेपछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पिसिआर चेकजाँच गराउन प्रशासनले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय