नेपाल प्रहरीका थप २३ जनामा कोरोना, बलम्बु अस्पताल भर्ना

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन १३ गते १५:३०

प्रहरी प्रधान कार्यालयमा कार्यरत् थप २३ जनामा कोरोना संक्रमण देखिएको छ।

केही दिनअघि चार जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ थालेको थियो।

प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीका अनुसार मंगलबार थप २३ जनामा कोरोना संक्रमण देखिएको हो।

उनीहरूको स्वाब टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरिएको थियो। स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना देखिएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको शाहीले बताए।

ती चार जनाको प्रत्यक्ष सम्पर्क र भेटघाट भइरहेका व्यक्तिमा कोरोना देखिएको हो। कोरोना देखिएका व्यक्तिहरू चालक, ब्यारेकमा सँगै बस्ने कर्मचारीहरू, भान्सेलगायत छन्।

‘स्वास्थ्य मन्त्रालयले लागू गरेको प्रोटोकलअनुसार हामीले संक्रमितको उपचार, संक्रमण निवारणका सबै उपाय अवलम्बन गरेका छौं,’ उनले भने।
यसअघि चार जना व्यक्तिलाई ज्वरो आएपछि स्वाब संकलन गर्दा कोरोना देखिएको थियो।

फ्रन्टलाइनमा काम गर्ने नेपाल प्रहरीका कर्मचारीहरू संक्रामक रोगको जोखिममा छन्। पहिले पनि महानगरीय प्रहरी बृत्त कालिमाटीमा संक्रमण देखिएपछि त्यहाँ सिल गरिएको थियो।

अहिले संक्रमण देखिएको क्षेत्रभित्र सिल गरेर स्वास्थ्यको प्रोटोकलअनुसार निस्संक्रमण गर्ने काम भइरहेको शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय