खुलेन ६ दिनसम्म विराट अस्पताल, संक्रमित भेटिँदैमा अस्पताल सिल गरेर उपचार कहाँ गर्ने?

साउन १३– अरु बेला बिरामी ल्याउने र लैजाने एम्बुलेन्सको घन्चमन्च हुने विराटनगरस्थित निजी स्वास्थ्य संस्था विराट नर्सिङ होमको ६ दिनदेखि दृश्य फेरिएको छ। अस्पतालआसपास सुनसान छ। मुुख्य गेटको सिमेन्ट पिलरमा बिहीबार विराटनगर महानगरपालिकाका अधिकारीले सूचना टाँस गरिदिएका छन्।

त्यही सूचनाका आधारमा अस्पतालले सम्पूर्ण सेवा स्थगित गर्नुुपरेको थियो। अस्पताल बन्द भन्ने थाहा नपाएर आउने बिरामी र एम्बुलेन्सलाई पनि प्रहरीले गेटबाटै फर्काइदिएका छन्।

अस्पतालका प्रमुख डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि महानगरले ‘अस्पताल सिल’ गरिदिएको हो। विराटमा समेत पार्टटाइम काम गर्ने कोसी अस्पतालका केही नर्समा समेत कोरोना संक्रमण देखिएको छ।

अस्पतालका केही चिकित्सक र पदाधिकारी अहिले पनि क्वारेन्टाइन छन्। बाँकी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी भने परिसरवरपर नै थिए। उनीहरूको साझा दुइटा चासो थियो, अस्पताल खुल्ने मिति र बाँकी जनशक्तिको पिसिआर परीक्षण।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित भेटिएकै आधारमा अस्पतालका सबै सेवा बन्द नगर्न बारम्बार आग्रह गर्दै आएको छ। वरिष्ठ चिकित्सकहरूले समेत संक्रमित देखिएकै भरमा अस्पताल बन्द गर्न थाल्ने हो भने संक्रमित कहाँ लाने र उपचारमै समस्या उत्पन्न हुने चेतावनी दिइरहेका छन्।

तर, स्थानीय सरकार र प्रशासनले संक्रमित देखिएका अस्पताल खोल्नमा कुनै चासो दिएका छैनन्। उनीहरूले अस्पतालका सबै कर्मचारीको परीक्षण लागि पर्याप्त सामग्री नभएका कारण अस्पताल तत्काल नखोल्ने संकेत गरिरहेका छन्।

‘हामीले पत्रिकालाई नाम दिएनौं सामाजिक सञ्जालमा हाम्रो अध्यक्ष संक्रमित भए भनेर लेखेनौं भन्दैमा विवरण लुकाए भन्न मिल्छ?,’ अस्पतालका एक वरिष्ठ कर्मचारी भन्छन्, ‘त्रुटि भएकै हो भने पनि यहाँका चिकित्सक, बिरामी र कर्मचारीले मानसिक तनाव किन दिने?’

अस्पताललाई निसंक्रमण गरेर परीक्षण भइसकेको जनशक्तिबाट सेवा सुरुचारु गर्न सकिने अवस्था भए पनि प्रशासनले चासो नदिएको गुनासो सञ्चालक एवं प्रशासकहरूको छ।

अस्पतालका उपाध्यक्ष डेनिस कार्की पिसिआर नेगेटिभ आएका जनशक्तिबाट सेवा दिने अवस्था भए पनि नपाएको बताउँछन्। ‘कसले कुन प्रक्रिया र कानुनबाट कहिलेसम्मका लागि बन्द गरेको हो, हामी पनि अन्योलमा छौं,’ उनले भने।

आफूले अस्पतालका एकजना चिकित्सक संक्रमित भएको भन्ने जानकारी समयमै गराएको, कन्ट्रयाक ट्रेसिङ टेस्टिङका लागि पर्याप्त सहयोग पुर्याए पनि लामो समयदेखि सिल गरिएकोमा कार्कीले आश्चर्य व्यक्त गरे।

सञ्चालकको ‘त्रुटि’, अस्पतालमाथि अन्याय


सञ्चालक एवं वरिष्ठ चिकित्सकलाई नै संक्रमण पुष्टि हुँदा उमेरसमेत फरक पारेर विवरण लुकाइएको आरोप स्थानीय सरकारको छ। तर, सञ्चालकहरू भने नाम सार्वजनिक नगर्ने सरकारी पोलिसीअनुसार नै नभनेको तर टेस्टिङ र ट्रेसिङमा पूर्ण सहयोग गरेको दाबी गरिरहेका छन्।

‘हामीले पत्रिकालाई नाम दिएनौं सामाजिक सञ्जालमा हाम्रो अध्यक्ष संक्रमित भए भनेर लेखेनौं भन्दैमा विवरण लुकाए भन्न मिल्छ?,’ अस्पतालका एक वरिष्ठ कर्मचारी भन्छन्, ‘त्रुटि भएकै हो भने पनि यहाँका चिकित्सक, बिरामी र कर्मचारीले मानसिक तनाव किन दिने?’

 

अहिलेसम्म आधाभन्दा बढी जनशक्तिको परीक्षण गर्दा १ चिकित्सक र चारजना नर्समा कोरोना पोजेटिभ पुष्टि भएको छ। विराटजस्तै थुपै अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना देखिँदा कन्ट्रयाक ट्रेसिङ गर्ने संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकलाई क्वारेन्टाइनमा राखेर अन्य जनशक्तिबाट सेवा सुचारु गर्ने गरिएको छ। यस्तो अवस्थामा कतिपय जनशक्तिले व्यक्तिगत इच्छाले पनि होम क्वारेन्टाइन रोज्न सक्छन्।

टे«सिङ र टेस्टिङको दायरामा नपर्ने स्वास्थ्यकर्मीबाट अस्पताल सेवा सुचारु गर्न विषयमा स्थानीय प्रशासनले नै ध्यान दिनुपर्ने विराटमा स्थानीय सरकारले नै अस्पताल खोल्न अवरोध गरिरहेको प्रति सञ्चालकहरु आश्चर्य व्यक्त गरिरहेका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले केही दिनअघि हेल्थपोस्टसँगको कुराकानीमा अस्पतालमा संक्रमित भेटिनेबित्तिकै अस्पताललाई सिल गर्ने क्रम नै बढेको भन्दै ‘सिल गर्नु’ गलत तरिका भएको बताए।

‘केही गरी देखियो भने सावधानी अपनाउनुप-यो। जुन संक्रमितसँग आएका मानिस क्वारेन्टाइन जानुपर्यो र परीक्षण नै गर्नुप-यो,’ उनले भने, ‘कोरोना परीक्षण रिपोर्ट नभई उपचार नै नथाल्ने अस्पताल वा चिकित्सक र सिल गर्ने तरिका अवैज्ञानिक छ।’

अस्पताल संक्रमित भेटिएपछि उपचारका लागि लैजाने ठाउँ मात्रै नभएर संक्रमित भेटिने ठाउँ पनि भएकाले अस्पताल बन्द गरेर समाधान ननिस्किने विज्ञहरू बताउँछन्।

काम गर्न चाहन्छन् चिकित्सक र कर्मचारी

संक्रमण देखिएसँगै अस्पताल बन्दले सञ्चालकमात्रै होइनन् चिकित्सक, कर्मचारीसमेत अन्योलमा परेका छन्। बिरामी कम हुँदासम्म कोभिड–१९ उपचारका लागि भनेर अस्पतालहरू तोकेपनि संख्या वृद्धि हुँदै जाँदा सबै अस्पतालमा कोरोना बिरामी राख्ने योजना सरकारको छ।

त्यस्तो अवस्थामा कोभिड–१९ लाई ठूलो त्रास वा भ्रमको विषय बनाएर अस्पताल लामो समयसम्म सिल गर्दा संक्रमण व्यापक भएको अवस्थामा स्वास्थ्यकर्मीहरू काममै नआउने जोखिम बढ्नसक्ने जानकारहरू बताउँछन्। त्यस्तो अवस्थामा त्रासभन्दा सावधानी गराउने र सेवाका लागि तत्पर राख्नेमा राज्यका निकायको ध्यान जानुपर्छ।

यता विराटनगर महानगरपालिकाले भने अस्पतालका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गर्न भिटिएम किटको अभाव भएको बताएको छ। स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले प्रदेश १ सरकारसँग भिटिएमको माग भएको भन्दै तुरुन्तै परीक्षणको दायरा बढाइने जानकारी दिए।

तर महानगरपालिकाले अनिश्चितकालका लागि भनेर अस्पताल बन्द गरेकोमा कर्मचारीसमेत आक्रोशित छन्। अस्पतालका चिकित्सक र नर्सलाई संक्रमण देखिएर अस्पतालका कर्मचारी भयभित भइरहँदा सरकारी शैलीले झन् अन्योल पैदा गरेको उनीहरूको भनाइ छ।

उनीहरूले पिसिआर परीक्षण चाँडो गरेर ढुुक्क हुने वातावरण बनाउन माग गरेका छन्। महानगरका पदाधिकारी र अस्पतालका पदाधिकारीलाई पटक–पटकभन्दा पनि सबैको पिसिआर परीक्षण हुन नसकेको गुनासो गरे।

अस्पतालमा चार सय कर्मचारी रहेको उनको भनाइ छ। साउन ९ र १० गते करिब १ सय जनाको स्वाब संकलन गरिए पनि सुरक्षागार्ड, सफाइ मजदुर र अन्य परिचालक तहमा काम गर्ने धेरैको स्वाब संकलन गरिएको छैन।

विराट नर्सिङ होमको प्रशासन शाखामा कार्यरत एक कर्मचारीले आफ्नो अस्पतालमा कार्यरत कर्मचारीको चाँडो पिसिआर परीक्षण गरिदिन माग गरे। नाम नबताउने सर्तमा हेल्थपोस्टसँग उनले आफ्नो अफिस सरकारी मापदण्ड पूरा गरेर सेवा सुचारु गर्न तयार रहे पनि सबै कर्मचारीको पिसिआर हुन नसकेको जानकारी दिए। सम्पूर्ण कर्मचारीको स्वास्थ्य परीक्षण गरेर अस्पताल डिस्इन्फेक्ट गरेपछि अस्पताल सुचारु गर्न व्यवस्थापन पक्ष तयार रहेको उनको भनाइ छ।

के भन्छ महानगरपालिका?
यता विराटनगर महानगरपालिकाले भने अस्पतालका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गर्न भिटिएम किटको अभाव भएको बताएको छ। स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले प्रदेश १ सरकारसँग भिटिएमको माग भएको भन्दै तुरुन्तै परीक्षणको दायरा बढाइने जानकारी दिए।

कार्कीका अनुसार अस्पतालका जिम्मेवार व्यक्तिलाई भएको संक्रमणको अवस्था लुकाउन खोजिएको र त्यसले समुुदायमा संक्रमण फैलिने त्रास बढाएको हुँदा कारबाहीस्वरुप अस्पताल सिल गरिएको हो। तर, यो कति दिनसम्म हुन्छ भन्ने कुरामा अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षणपछिको नतिजाले निर्धारण हुने कार्कीको भनाइ छ।

उनले नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था महानगरको मातहतभित्र भएको हुुँदा तिनलाई नियमन गर्ने जिम्मा पनि कानुनले दिएको क्षेत्राधिकारभित्र नै रहेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय