प्रदेश ५ मा ९२. ९७ प्रतिशत संक्रमित निको भए, २ जना आइसियुमा

फाइल तस्बीर

प्रदेश ५ मा २८२ जना कोराना संक्रमितको उपचार भइरहेको छ । संक्रमित भएका ४ हजार १ सय ९४ मध्ये ३ हजार ८ सय ९९ जना निको भइ घर फर्केपछि २८२ जना बाँकी रहेका हुन् ।

उपचार गराउनेहरुमध्ये आइसियुमा २ जना, कोरोना अस्पतालको सामान्य बेडमा ४० जना छन् भने अरुको जिल्लाका आइसोलेसन सेन्टरमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डा. विनोद कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा कोरोनाबाट निको हुनेको दर ९२ प्रतिशत ९७ छ । प्रदेश ५ मा अहिलेसम्म कोरोना १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा बढी कपिलवस्तुमा ७६२ जना, दाङमा ६६३ जना र पाल्पामा ५५९ जना कोरानो संक्रमित भेटिइसकेका छन् । सबैभन्दा कम संक्रमित हुने जिल्ला रुकुम पूर्वमा १५ जना संक्रमित भेटिएका छन् ।

प्रदेश ५ मा ५४ जार ५ सय २७ वटा स्वाव संकलन गरिएकोमा ४९ हजार ५ सय ७३ जनाको नेगेटिभ र ४ हजार १ सय ७४ जनाको पोजेटिभ रिर्पोट आइसकेको छ भने ७ सय ८० जनाको रिर्पोट आउने क्रममा रहेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले प्रयोगशालामा स्वावको चाप पहिलेको तुलनामा कम भएको बताए । पहिले भैरहवाको प्रादेशिक प्रयोगशालामा ९ सय देखि १ हजारसम्म पेन्टिङ रहने गरेकोमा अहिले सरदर २ देखि ३ सयको संख्यामा मात्रै पेन्डिङ रहने गरेको छ ।

उक्त प्रयोगशालामा सोमबार साँझको रेर्कडमा १५७ जनाको मात्रै स्वाब पेन्डिङ देखिन्छ । प्रदेश ५ मा ५ वटा ठाउँबाट पिसिआर मेशिनबाट स्वावको परिक्षण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय