विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या साढे ६ लाख नाघ्याे

विश्वभर एकै दिन ३ हजार ९ सय ९० जनाको ज्यान गएको छ, भने २ लाख १२ हजार २८ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार ८ सय ८३ पुगेको छ भने १ करोड ६६ लाख २९ हजार ६ सय ५२ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

भारतमा कोरोना भाइरसका कारण एक दिनमा ६ सय ३६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा सोमबार बिहानसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ४८ पुगेको छ भने १४ लाख ८२  हजार ५ सय ३ जना संक्रमित छन्।

बितेको चौबिस घण्टामा अमेरिकामा कोरोनाका कारण ५ सय ७७ जनाको ज्यान गएको छ भने ६० हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ४ सय २५ पुगेको छ भने ४४ लाख ३२ हजार ५ सय ५२ जना संक्रमित छन्।

भाइरसबाट ब्राजिलमा एकदिनमा ५ सय २७ जनाको ज्यान गएको छ भने २३ हजार ५ सय ७९ जना थप संक्रमित भेटिएका छन्।

हालसम्म ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार ६ सय ७९ पुगेको छ भने २४ लाख ४३ हजार ४ सय ८० जनामा संक्रमण रहेको पुष्टि भएको छ।

मेक्सिकोमा कोरोनाका कारण एकदिनमा ३ सय ६जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ८० जना संक्रमित थपिएका छन्।

मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ हजार ६ सय ८० पुगेको छ भने ३ लाख ९० हजार ५ सय १६ जना संक्रमित रहेका छन्।

दक्षिण अफ्रिकामा एक दिनमा कोरोनाको संक्रमणबाट २ सय ९८ जनाको ज्यान गएको छ भने ७ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै दक्षिण अफ्रिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६७ पुगेको छ भने ४ लाख ५२ हजार ५ सय २९ जनामा संक्रमण रहेको छ।

इरानमा एकदिनमा भाइरसको संक्रमणबाट २ सय १२ जनाको ज्यान गएको छ भने २ हजार २ सय ३४जना संक्रमित थपिएका छन्।

इरानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार ९ सय १२ जना पुगेको छ  भने २ लाख  ९३ हजार ६ सय ६जना संक्रमित छन्।

त्यस्तै कोलम्बियामा भाइरसका कारण एकदिनमा २ सय ५२ जनाको ज्यान गथएको छ भने ८ हजार १ सय २५ जना नयाँ संक्रमित थपिएका छन्।

यहा अहिलेसम्म संक्रमणबाट ८ हजार ७ सय ७७ जनाको ज्यान गइसकेको छ भने २ लाख ५७  हजार १सय १ जना संक्रमित रहेका छन्।

विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये १ करोड २१ लाख ७ हजार ५ सय ७३ जना निको भएका छन् भने ६६ हजार ६ सय ६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय