ऐश्वर्या आमाछोरीले जिते संक्रमण

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनले कोरोना संक्रमण जितेका छन्। ऐश्वर्या श्रीमान अभिषेक बच्चनले सामाजिक सञ्जालमा श्रीमति र छोरीले संक्रमण जितेको भन्दै खुशी व्यक्त गरेका छन्।

कोरोना पुष्टि भएको पाँच दिनपछि नानावटी अस्पताल भर्ना भएका उनीहरूले अस्पताल बसेको १० दिनमा कोरोना जितेका हुन्।

अभिषेकले ट्विटरमा लेखेका छन्, ‘तपाईहरू सबैको कामना र सहानुभूतिका लागि धन्यवाद। म सधै यो कुराको ऋणि रहने छु। ऐश्वर्या र आराध्या कोरोना नेगेटिभ भइसकेका छन्। र, उनीहरूलाई अस्पतालले डिस्चार्ज समेत गरिसकेको छ। अब उनीहरू घरमा नै रहने छन्। म र मेरा बुवा भने चिकित्सकहरूको निगरानीमा अस्पतालमा नै रहने छौं।’

११ जुलाइमा अमिताभ बच्चन र अभिषेकमा कोरोना पुष्टि भएको थियो। यस्तै १२ जुलाईमा ऐश्वर्या आमाछोरीमा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय