कोरोनाबाट एक भारतीय नागरिकसहित तीनजनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्।

वीरगञ्जको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत ६५ वर्षीय भारतीय पुरुषको साउन ११ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनी भारतस्थित विहारका नागरिक हुन्। उनी मधुमेहका बिरामी थिए।

यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय युवाको कोरोना संक्रमणकै कारण साउन ११ गते मृत्यु भएको छ। उनी ज्वरो खोकीबाट ग्रसित थिए।

मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको साउन १२ गते मृत्यु भएको छ। न्युमोनिया र मस्तिष्कघातका बिरामी रहेका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय