मास्क नलगाउनेलाई १० रुपैयाँ जरिवाना गर्ने विराटनगर महानगरको निर्णय

साउन ११– विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र मास्क नलगाइ हिंड्नेलाई १० रुपैयाँ जरिवाना गर्न निर्णय गरेको छ । समुुदायमा कोरोना सँक्रमण फैलिएको विराटनगर महानगरनगरपालिकाको निस्कर्षसहित आइतवार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोख्रेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायत उच्चस्तरीय टोलिले नियमित अनुुगमन र कारवाही गर्ने अख्तियारी दिएको उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।

कार्कीकाअनुसार आज कार्यालय समयदेखि विराटगरका विभिन्न चौकमा अनुुगम सुरु गरिएको छ । बजारमा मास्कविना देखिएका नागरिकलाई पहिलो चरणमा नियन्त्रणमा लिने र १० रुपैयाँ जरिवाना गर्दै उभ्याएर आइन्दा अनिवार्य मास्क लगाए हिँड्न आग्रह गरिने एउटा सर्जिकल मास्क दिइनेछ ।

त्यस्तै विराटनगरका पसल संचालकलाई अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्था गर्न सुचना जारी गरिएको छ भने ग्राहकको अनवाश्यक भीड नगराई दुरी कायम गरेर सामान विक्रि गर्न भनिएको छ ।
उपमेयर कार्कीको संयोजकत्वमा रहेको अर्को बजार अनुुगमन समितिले समेत नियमित अनुुगमन गर्नेछ ।

बजारमा स्वास्थ्य सचेतना नअपनाइएको पाइए पहिलो चरणमा चेतावनी दिने र दोस्रो पटक अनुुगमन गर्दा पुनः लापवार्हि पाइए पसल बन्द समेत गर्ने तयारी महानगरपालिकाको छ ।

आइतवार बसेको महानगरपालिको विशेष बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै अत्यावश्यक बाहेकका सेवा केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आइतवार मात्र प्रदेश १ मा ३१ नयाँ कोरोना सँक्रमित थपिएका थिए भने ति मध्ये २२ विराटनगर महानगरपालिका भित्रकै व्यक्ति रहेका छन् ।

आइतवार बेलुकासम्मको तथ्यांकअनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुुगेको छ । त्यस्तै निको भएर घर जानेको संख्या ७ सय ४७ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय