कोशी अस्पतालका एक चिकित्सक र नर्समा कोरोना

साउन १२ विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सक र नर्समा कोरोना पोजेटिभ देखिएको छ । असपतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासकाअनुसार पोस्टनेटल वार्डमा कार्यरत नर्समा संक्रमण पुष्टि भएको हो ।

उनी यस अघि संक्रमण देखिएको नीजि अस्पताल विराट नर्सिङ होममा पनि काम गर्थिन । अहिले उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गरिएको छ ।

उनी आंशिक रुपमा काम गर्ने अस्पतालका संचालकलाई नै कोरोना देखिएपछि विराट नर्सिङहोम सिल गरिएको छ । त्यहाँ कार्यरत अन्य ४ स्वास्थ्यकर्मीलाई समेत कोरोना पोजेटिभ देखिइसकेको छ ।

कोशी अस्पतालका अर्का एक चिकित्सकमा पनि कोरोना पोजेटिभ देखिएको दासले जानकारी दिएका छन् । उनी भर्खरै जिल्ला बाहिरबाट कोशी अस्पतालमा आएका हुन् । भने उनले अस्पतालमा सेवा सुुरु गरेका थिएनन् ।
अस्पतालमा काम गर्न आएका सप्तरी स्थायी घर भएका ती चिकित्सकलाई रुघाखोकी लागेपछि कोशीकै ल्याबमा पिसिआर परिक्षण गरिएको थियो ।

संक्रमित दुबैलाई कोशी कोभिड अस्पतालमा उपचार थालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय