एमडी/एमएसको ४० प्रतिशत सरकारी कोटामा कस्ता–कस्ता चिकित्सक पर्छन्?

साउन १२- ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ अनुसार मन्त्रीपरिषद्बाट जारी नियमावलीले सरकारी सेवामा कार्यरत व्यक्तिका लागि छुट्याइएको ४० प्रतिशत सिटका लागि नियमावलीमै उल्लेख भएका विषयलाई लिएर पनि चिकित्सकमाझ अलमल उत्पन्न भएको छ ।

ऐनमा भएका व्यवस्थालाई थप व्याख्या गर्ने नियमावलीकै व्यवस्था एक्लैले कतिपय विषयलाई पूर्ण स्पष्ट पार्न नसक्दा चिकित्सकहरुमा अलमल देखिएको छ ।

नियमावलीको दफ १७ मा स्नाकोत्तर तहमा विद्यार्थी छनौटसम्बन्धी व्यवस्थामा ५० प्रतिशत सिट खुल्ला, ४० प्रतिशत सरकारी सेवामा कार्यरत चिकित्सकबाट र १० प्रतिशत विदेशी विद्यार्थीबाट छनौट गरिने व्यवस्था छ ।

चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले ऐनमै स्पष्ट भएका विषयका सन्दर्भमा ऐनमात्रै हेर्दा अलमल उत्पन्न भएको हुनसक्ने बताए । ‘केही कुरा ऐनले नै स्पष्ट गरिसकेको छ, त्यसमा नियमावलीमा उल्लेख नहोला तर व्यवस्था नै नभएको होइन्’ डा. गिरीले भने ।

यसको अर्थ एक पटक छात्रवृति करार पूरा गरेका चिकित्सक सधैका लागि योग्य हुने होइन् । तर, छात्रवृति करार अवधि एक वर्ष पूरा गरेका चिकित्सक भने यो कोटाका लागि योग्य हुन्छन् । नियमावली अलमल हुने यो विषय ऐनले नै स्पष्ट गरेको छ ।

चिकित्सकमाझ अलमल परेका विषय

१. एकपटक करारमा काम गरेको एमबिबिएस छात्रवृति करारमा २ वर्षको वन्ड सकिएकाहरु ४० प्रतिशतमा पर्छ कि, पर्दैनन् ?

सरकारी सेवामा कार्यरत व्यक्तिबाट भनि उल्लेख भएको चालिस प्रतिशत कोटामा नेपाल सरकार, प्रदेश र स्थानीय सरकार अन्तर्गत स्थायी अस्थायी वा करार नियुक्ती पाई कार्यरत व्यवस्थालाई बुझाउने नियमावलीमा उल्लेख छ ।

सरकारी विद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थाहरु, विकास समिति ऐन २०१३ बमोजिम गठित वा नेपाल सरकार वा प्रदेश सरकारबाट अनुदान प्राप्त गर्ने प्रचलित कानून वमोजिम स्थापित सार्वजनिक शिक्षण संस्था वा अस्पतालमा स्थायी रुपमा कार्यरत व्यक्ति सम्झनुपर्छ ।

नियमावलीले सरकार अन्तर्गत काम गर्नेहरु करारलाई पनि मान्यता दिएपनि प्रतिष्ठान, सार्वजनिक शिक्षण संस्था वा विकास समिति अन्तर्गतका चिकित्सकको हकमा भने स्थायी नै हुनुपर्ने व्यवस्था गरेको छ ।

यसको अर्थ एक पटक छात्रवृति करार पूरा गरेका चिकित्सक सधैका लागि योग्य हुने होइन् । तर, छात्रवृति करार अवधि एक वर्ष पूरा गरेका चिकित्सक भने यो कोटाका लागि योग्य हुन्छन् । नियमावली अलमल हुने यो विषय ऐनले नै स्पष्ट गरेको छ ।

ऐनको दफा १६ को ६ मा ‘एमबिबिएस/बिडएस पूरा गरेका चिकित्सकले एक वर्ष कार्य अनुभव हासिल गरेपछि मात्रै स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् । यो क्लिनिकल विषयको सन्दर्भमा मात्रै लागु हुन्छ ।
आधारभुत चिकित्सा विज्ञान, एमडिजिपी कार्यक्रम र पब्लिक हेल्थको हकमा एमबिबिएस पास गरेपछि एक वर्षको कार्यअनुभवविनै पनि स्तातकोत्तर तहको लागि प्रवेश परीक्षामा सामेल हुनसक्छन् ।

छात्रवृति करारमा रहेका चिकित्सकले एक वर्ष पूरा गरेर २ वर्ष नसकिँदै प्रतिस्पर्धा गर्नसक्ने तर त्यसबीचमा सरकारी सेवामा ग्याप रहँदा पुरानो काम न्यूनतम अनुभवका लागि मात्रै काम लाग्छ नकि सरकारी करारको योग्यताका लागि ।

२. पिजी प्रवेश परीक्षाको नजिक एमडी/एमएसलाई योग्य हुनेगरी सरकारले भटाभट करार नियुक्ती दिने अवस्था आयो भने !
यही प्रश्न हामीले आयोग उपाध्यक्ष डा. गिरीलाई सोध्यौं ।

सरकारले पनि करारमा काम गरेको अनुभव समेत पिजी कोटा लड्न अनुभवको रुपमा काम लाग्ने भएपनि सरकारले करारमा चिकित्सक खोज्दा दरखास्त नै नपर्ने अवस्थाको अन्त्य हुने र राम्रा चिकित्सक सेवा प्रवेशमा प्रतिस्पर्धा गर्ने अपेक्षा राखेको छ ।

डा. गिरीले यस्तो उदाहरण दिएर यो विषय स्पष्ट पारे– ‘निजीमा १० महिना काम गरेर सरकारीमा करार नियुक्ती आएको दुई महिना मात्रै भएको चिकित्सक एक वर्षको अनुभव भयो भनेर ४० प्रतिशत कोटामा योग्य हुन्न’ तर यो योग्यताले खुल्लाका लागि योग्य हुनसक्ने डा. गिरीले बताए ।

‘सरकारी कोटाको छात्रवृतिमा प्रतिस्पर्धा गर्न त सरकारीमै कम्तिमा १ वर्ष काम गरिसकेको हुनुपर्छ’ ।

यो व्यवस्थले सरकारी करारको प्रयोग/दुरुपयोग बढ्न त सक्छ तर पनि तोकिएको समयअवधिसम्म त काम गर्नुपर्ने नै हुन्छ । त्यसबीचमा एक दिनपनि करार अवधिको ग्याप भयो भने त्यो चिकित्सक योग्य हुदैन ।

३. एमबिबिएस छात्रवृति करारमै रहेको समयमा पिजीमा सिटका लागि योग्य हुन्छ त ?
एमबिबिएस छात्रवृति करारमा रहेको चिकित्सक एक वर्ष सेवा करार पुरा गरेको हकमा ४० प्रतिशत सिटमा प्रतिस्पर्धा गर्न योग्य हुन्छ ।

तर मानौ १ वर्ष तीन महिना काम गरेपछि नै उसले एमडी/एमएसमा नाम निकाल्यो भने, उ पढ्न पाउँछ र एमबिबिएस छात्रवृति करारको वाँकी सेवा अवधि पिजीको सेवा करार अवधिमा थप हुन्छ ।

अर्थात् उनले वाँकी अवधि पिजी पढाई सकेपछि अनिवार्य रुपमा गर्नुपर्छ ।

नियमावलीको पूर्ण पाठका लागि यो लिंकमा जानुहोस्

One thought on “एमडी/एमएसको ४० प्रतिशत सरकारी कोटामा कस्ता–कस्ता चिकित्सक पर्छन्?

  1. डा गिरिले आफ्नु ब्याख्या गर्नु भयो । जिम्मेवार ब्यक्तिले झुक्याउने ब्याख्या गर्नु हुँदैन ।१ बर्ष पुरा गरेका तर भर्कर काम थालेकाले पनि ४०% मा पाउने देखिन्छ । यदी अर्को ब्याख्या गरिए लामो समय सम्म अदालती निर्णय परखनु पर्ने हुन्छ । यो गोल मटोल नियमावली हो ।डा गिरिले जिम्मा लेलान । नचाहिने आयोग गठन गरे पछी यस्तै हुन्छ । डा गोबिन्द के सि को जय होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय