वीरगञ्ज महानगरले एक घर एक परीक्षण अभियान सुरु गर्यो

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ साउन ११ गते २१:२६

वीरगञ्ज महानगरपालिकाले एक घर एक परीक्षण अभियान सुरु गरेको छ। पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थामा र समुदाय स्तरमै संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमणलाई न्युनिकरण गर्नका लागि मास टेस्टिङ्गलाई तिब्रता दिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको निर्णय अनुसार आज दिउँसो १ बजेदेखी उक्त अभियानको शुभारम्भ भएको हो। मास टेस्टिङ्गका आधारमा वीरगञ्ज नगरको तीन ठाउँमा परीक्षण गरिने छ।

कोरोना संक्रमणको उच्च जोखिम रहेको माइस्थान, राधेमाइ, नारायणी अस्पताल लगायतका विभिन्न स्थानहरूबाट मास टेस्टिङ्गको लागि स्वाव संकलन गर्ने काम भइरहेको छ। कोरोना भाइरस सङकमण देखा परेको ठाउँ सिल गर्ने र सङकमित भएका ब्यक्तिहरूसँग भेटघाट गरेकाहरूको कनट्याक ट्रेसिङ गर्ने गरेर होम आइसोलेसनमा राख्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार कोभिड १९ संकट व्यवस्थापन समितीले माइस्थानमा कोरोना पोजेटिभ भएकाहरूको कन्ट्याक ट्रेसिङ्गमा परेका २१० जनाको स्वाब नमुना संकलन गरिएको छ। अहिले राधेमाइमा मास टेस्टिङ्गकै अधारमा स्वाब नमुना संकलन गरिएको बस्नेतले बताए।

आजैदेखि वडा नम्बर ९ को घन्टाघरस्थित रेल्वे माविको प्रारङगमा एक घर एक पिसिआर संकलन गरिएको छ। पर्सा जिल्लामा कोरोना भाइरस कोभिड –१९ सङकमण जनसमुदाय स्तरमा फैलिएको भन्दै नगर प्रमुख बिजय कुमार सरावगीले यो अभियान थालनी गरेका हुन्।

महानगरपालिकाको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतको सहयोगमा वीरगञ्ज महानगरपालिका- ९ को रेल्वे माविबाट शुभारम्भ भएको स्वाब नमुना संकलन कार्यमा पहिलो दिन ११३ जनाको नमुन संकलन गरिएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखा संयोजक अरुण महतोले बताए।

उक्त अभियान वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा सञ्चालन गरिने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय