कोरोना संक्रमणबाट धनुषामा एक युवकको मृत्यु

कोरोना संक्रमित एकजनाको धनुषामा मृत्यु भएको छ।

धनुषाको सहिदनगर नगरपालिका डुमरिया बस्ने ३४ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ।

ज्वरो, रुघा खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पताल कोरोना विशेष अस्पतालको आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

तर, स्वास्थ्यअवस्था बिग्रिँदै गएपछि उनलाई थप उपचारको लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो। उपचारको लागि धरान लैजाँदा गर्दा आइतबार साँझ ५ बजे बाटोमा उनको मृत्यु भएको प्रदेश कोभिड विशेष अस्पताल जनकपुरका फोकल पर्सन डा.रामदेव चौधरीले जानकारी दिए।

मृत्यु भएको दुई घण्टापछि करिब ७ बजे उनको पीसीआर रिपोर्ट आएको थियो। पीसीआर रिपोर्टमा उनी कोरोना संक्रमित रहेको पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्ने तयारी भइरहेको डा.चौधरीले बताएका छन्।

यससँगै १० पुरुष र दुई महिलासहति कोरोना संक्रमणबाट प्रदेश २ मा मृत्यु हुनेको संख्या १२ पुगेको छ। यसअघि महोत्तरीमा १, रौतहटमा २, बारामा २ र पर्सामा ५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय