उच्च अदालत सप्तरीका न्यायाधीशमा कोरोना संक्रमण

सप्तरीको राजविराजमा एकजना न्याायधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले उच्च अदालतका एकजना न्यायाधीशमा संक्रमण देखिएको पुष्टि गरेका छन्।

यसअघि उच्च अदालको सरकारी वकिल कार्यालयका एकजना ४३ सहसचिवमा समेत संक्रमण पुष्टि भएको थियो।

आइतबार सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर २ का ३८ वर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षीय दुईजना पुरुषमा संक्रमण पुष्टि भएको छ।

यसैगरी प्रदेश २ को जनकपुरमा ५४ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

समुदायमा कोरोना संक्रमण भएको आशंकामा राजविराज र वीरगंजमा स्थानीय प्रशासनले निषेद्याज्ञा जारी गरेको छ। राजविराज र वीरगंजमा कोरोना संक्रमितको मृत्यु भएपछि स्थानीय प्रशासनले निषेद्याज्ञा लागु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय