जुम्ला पुगेर डाक्टर केसीले भने- पुन: सत्याग्र बस्छु

चिकित्सा क्षेत्रको सुधारको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले विगतका सम्झौताहरु कार्यान्वयन नगरिए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

जुम्ला पुगेका केसीले चिकित्सा सुधार र दुर्गममा मेडिकल शिक्षाका लागि विगतमा सरकारसँग भएका सम्झौताहरु तीन दिनभित्र कार्यान्वयन नगरे अनशनमा बस्ने चेतावनी दिएका हुन् ।

आइतबार जुम्लाबाटै एक विज्ञप्ती जारी गर्दै सरकारसँग विभिन्न माग राखेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु-याएर एमबीबीएसलगायत कार्यक्रमहरु सञ्चालन गर्न माग गरेका छन् ।

यस्तै, प्रतिष्ठानमा स्नातकोत्तर अध्ययनका लागि दिइनुपर्ने अनुमति प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको आरोप लगाउँदै उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न अनुरोध गरेका छन् ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी पठनपाठन सुरु गराउन सकारसमक्ष उनले माग राखेका छन् ।

जुम्ला पुगेका केसीले चिकित्सा सुधार र दुर्गममा मेडिकल शिक्षाका लागि विगतमा सरकारसँग भएका सम्झौताहरु तीन दिनभित्र कार्यान्वयन नगरे अनशनमा बस्ने चेतावनी दिएका हुन् ।

प्रदेश २, गण्डकी प्रदेश तथा डोटी/डडेलधुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल खोल्ने प्रक्रिया पनि तत्काल अघि बढाउन विज्ञप्तिमार्फत डा. केसीले माग गरेका छन् ।

यसअघि अनशन बस्दा २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने डा. केसीको माग छ ।

यस्तै, त्रीवी चिकित्साशास्त्र अध्ययन संस्थानहरुमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने र विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पराशर कोइरालाको नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पादरर्शीता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था कायम गर्न विज्ञप्तीमा माग गरिएको छ ।

उनले तीन दिनभित्र आफ्ना मागहरु पूरा नगरे पुनः अनशनमा बस्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय