बाँकेमा आन्तरिक राजश्व र यातायात कार्यालयका कर्मचारीमा कोरोना

बाँकेमा २ वटा सरकारी कार्यालय कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। सेवाग्राहीको अत्याधिक चाप रहने यातायात ब्यवस्था कार्यालय नेपालगन्ज र आन्तरिका राजश्व कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ।

कोरोना पुष्टि भएपछि दुबै कार्यालय सील गरिएको छ। कोरोना पुष्टि भएका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका कर्मचारीमा आइतबार कोरोना संक्रमण देखिएको हो। कार्यालयको सवारी शाखामा कार्यरत २२ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

सेवाग्राहीको अत्याधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि सबै काम बन्द गरिएको छ। नेपालगञ्ज वडा नम्बर १८ निवासी ती महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने एकिन छैन।

प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरू पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठिन हुने देखिएको छ।

बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन्। पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टाइनमा नबसेका र समुदायमै संक्रमण देखिन थालेको छ।

यसैबीच आजै बिहान आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण कर्मचारीहरूलाई क्वारेन्टाइनमा लगिएको छ। राजश्व कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर सम्पूर्ण कर्मचारीहरूको पिसिआर परीक्षण सुरु गरिएकाले आइतबार कार्यालय सम्पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।

नेपालगन्जको त्रिभुवन चोकमा गरिएको -यान्डम स्याम्पलिङमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो। स्वास्थ्य कार्यालय बाँकेले त्रिभुवन चोकबाट गरिएको स्वाब संकलनमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ। जसमध्ये १ जना आन्तरिक राजश्व कार्यालयका कर्मचारी, त्रिभुवन चोकका मिठाई पसले र कामको खोजीमा नेपालगन्ज आएकी युवती रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय